शनिबार, मंसिर १३, २०८२

एमाले पोखरा महानगरमा न्यौपाने सर्वसम्मत

मुलुककै ठूलो पालिका पोखरा महानगरपालिका एमाले अध्यक्षमा दीलिप न्यौपाने सर्वसम्मत भएका छन्।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

पोखरा– मुलुककै ठूलो पालिका पोखरा महानगरपालिका एमाले अध्यक्षमा दीलिप न्यौपाने सर्वसम्मत भएका छन्। केन्द्रीय प्रतिनिधि जगत विश्वकर्मा र सिता गिरी ओलीले दिनभर लगाएर न्यौपानेलाई अध्यक्ष पदमा सर्वसम्मत गराएका हुन्। 

National life

तनहुँ स्थायी घर भएका न्यौपाने स्वतन्त्र विद्यार्थी युनियन पृथ्वीनारायण क्याम्पसका पूर्व कोषाध्यक्ष हुन्। खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा न्यौपाने अधिकारीका स्वकीय सचिव समेत थिए। न्यौपानेलाई खगराज प्यानलको उम्मेदवारको रुपमा हेरिएको छ। गण्डकी प्रदेशमा एमालेभित्र खगराज र पृथ्वीसुव्वा गुरुङ प्यानल छन्। गुरुङ प्यानलबाट तेजनारायण अधिकारी र दीपक पौडेल अध्यक्षका उम्मेदवार दिए। 

बुधबारसम्म अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो। विहीवार दिउँसो भएको छलफलमा चार जनाले उम्मेदवारी फिर्ता लिएका कारण न्यौपाने सर्वसम्मत भएका हुन्। अध्यक्ष पदमा अधिकारी र पौडेलसँगै पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीले उम्मेदवारी दर्ता गराएका थिए। 

यसैगरी सचिव पदमा जीवन आचार्य सर्वसम्मत भएका छन्। उक्त पदमा आचार्यसँगै गोकर्ण अधिकारीको पनि उम्मेदवारी परेको थियो। सर्वसम्मत भएपछि न्यौपानेले आफूलाई पोखरा महानगरपालिकाको कम्युनिष्ट एकतालाई जोगाएर फेरी पनि पोखरा महानगरपालिकामा एमालेका उम्मेदवार जिताउने अभिभारा थपिएको बताए।

यसैगरी नेकपा एमाले पालिका अधिवेशन अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकामा तीन दिन बितिसक्दा पनि नेतृत्व चयन हुन सकेको छैन। अध्यक्ष पदमा सहमति जुट्न सकेको छैन। उक्त पालिकामा विक्रम गुरुङ, महेश्वर दवाडी, यदुनाथ अधिकारी र पानबहादुर क्षेत्रीले अध्यक्षमा दावी गरेका कारण सहमति हुन नसकेको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 28, 2021| 17:45 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।