बुधबार, भदौ ३, २०८३

कटारीको पोखरियामा पहिलोपटक पुग्यो बिजुली र सडक

कटारी नगरपालिका- १ पोखरियामा सडक र विद्युत पुगेको छ। सिरहा र उदयपुरको सिमास्थित चुरे जंगलभित्र पर्ने दुर्गम पोखरियामा पहिलोपटक सडक र विद्युत पुगेको हो।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

उदयपुर- कटारी नगरपालिका- १ पोखरियामा सडक र विद्युत पुगेको छ। सिरहा र उदयपुरको सिमास्थित चुरे जंगलभित्र पर्ने दुर्गम पोखरियामा पहिलोपटक सडक र विद्युत पुगेको हो।

विकासबाट ओझेलमा परेको पोखरियामा नगरपालिकाको पहलमा सडक र विद्युत पुर्‍याएको कटारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। विकासबाट पछि परेका गाउँहरूलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका कामलाई नगरले जारी राखेकाले पोखरियामा बत्ती र सडक पुगेको उनको भनाइ छ। गाउँमा बिजुली र सडक पुगेपछि स्थानीय हर्षित भएका छन्।

नगरपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरणको सहकार्यमा पोखरियामा बिजुली बालिएको नगर प्रमुख श्रेष्ठले बताए। बिजुलीसँगै त्यहाँ नगरपालिकाले सडक पनि निर्माण गरिदिएको छ। ३० घरमा सबमिटर राखेर ६४ घरधुरीमा बिजुली बाल्न सुरु गरिएको श्रेष्ठले बताए। सडक र विद्युतको प्रदेशसभा सदस्य तथा पूर्वप्रदेशका राज्यमन्त्री कला घलेले उदघाटन गरेकी हुन्।  -न्युज कारखाना

प्रकाशित: Oct 28, 2021| 14:46 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।