बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १५ दिनभित्र एक करोड डोज फाइजर र मोडर्ना खोप आउँछ : स्वास्थ्यमन्त्री

१५ दिनभित्र एक करोड डोज फाइजर र मोडर्ना खोप आउँछ : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १५ दिनभित्र फाइजर र मोडर्नाको एक करोड डोज खोप आउने बताएका छन्।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १५ दिनभित्र फाइजर र मोडर्नाको एक करोड डोज खोप आउने बताएका छन्।

मन्त्रालयमा पत्रकारसँग उनले भने, 'एक करोड डोज  फाइजर र मोडर्नाको बुक गरेका छौं। १५ दिन भित्र ल्याउने हो। हालसम्म दुई करोड खोप आएको छ।'

नेपाली जनतालाई खोप छिटो लगाउन सरकार लागिपरेको उनले बताए । 'खोपबाट कोही पनि वञ्चित नहुने र छिटो लगाउने हो। खोप लगाउने कार्य रोक्किनु हुँदैन', उनले भने, 'हालसम्म ४५ प्रतिशतले एक डोज र ३१ प्रतिशतले दुई डोज खोप लगाएका छन्।'

चैतभित्र सबै नागरिकलाई खोप लगाउन सकिने उनको भनाइ छ । 'दुई करोड खोप पाइप लाइनमा छ। चैतसम्म लक्षित नागरिकले पाउँछन्,' उनले भने।

प्रकाशित: Oct 28, 2021| 13:21 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।