आइतबार, माघ ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • यसरी बनेका थिए शामी विश्वकै कीर्तिमानी बलर, तर अहिले बन्दैछन् ‘ट्रोल’

यसरी बनेका थिए शामी विश्वकै कीर्तिमानी बलर, तर अहिले बन्दैछन् ‘ट्रोल’

पाकिस्तानले भारतीय टोलीलाई १० विकेटले पराजित गरेको थियो। तर, कुरा यहीं समाप्त भएन, वास्तवमा खेलपछि भारतका चर्चित फास्ट बलर मोहम्मद शामीलाई सामाजिक सञ्जालमा ट्रोलको निशाना बनाइएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं- सन् २०२१ को टी-२० विश्वकप यूएई र ओमानमा जारी छ। २४ अक्टोबरमा टी-२० विश्वकपमा भारत र पाकिस्तानबीच ऐतिहासीक खेल  भयो। उक्त खेलमा पाकिस्तानले विश्वकप इतिहासमा पहिलो पटक भारतलाई हराउन सफल भयो।

National life

पाकिस्तानले भारतीय टोलीलाई १० विकेटले पराजित गरेको थियो। तर, कुरा यहीं समाप्त भएन, वास्तवमा खेलपछि भारतका चर्चित फास्ट बलर मोहम्मद शामीलाई सामाजिक सञ्जालमा ट्रोलको निशाना बनाइएको छ।

पाकिस्तानविरुद्धको खेलमा शामी अलि महँगो साबित भए र आफ्नो स्पेलको ३.५ ओभरमा ४१ रन दिए। शामीको यो प्रदर्शनपछि उनलाई सामाजिक सञ्जालमा ‘मजाक’ बनाइएको छ। धेरै प्रशंसकले उनलाई पाकिस्तान जान सल्लाह पनि दिइरहेका छन्।

क्रिकेटरको  शामीलाई समर्थन

क्रिकेटमा हार जित स्वभाविक हो। खेलमा जुनसुकै बेला जस्तो परिणाम पनि आउन सक्छ। यस्तो अवस्थामा शामीलाई निशाना बनाउनु गलत भएको क्रिकेटका पण्डित बताउँछन्। शामीलाई ट्रोल भएको देखेर भारतका पूर्वक्रिकेटर सचिनलगायत धेरै खेलाडी उनको समर्थनमा आएका छन्। 

Laxmi sunrise bank
kumari

शामीको समर्थनमा भारत मात्र नभई क्रिकेट जगतका धेरै स्टार खेलाडीले समर्थन गरेका छन्। पाकिस्तानी खेलाडीले पनि शामीलाई उत्कृष्ट बलर भनेर समर्थन गरिरहेका छन्। शामीले उत्कृष्ट बलिङ गरेर भारतलाई धेरै पटक खेल जिताएका छन्। 

अन्तर्राष्ट्रिय क्रिकेटमा पुग्ने उनको यात्रा भने त्यति सजिलो थिएन। उनले कडा मेहनत गरेर भारतीय टोलीमा स्थान बनाएका थिए।

शामीको क्रिकेट करियर

भारतका फास्ट बलर हुन्, मोहम्मद शामी। उनको जन्म ३ डिसेम्बर १९९० मा उत्तर प्रदेशको अमरोहामा भएको थियो। शामीलाई सानैदेखि क्रिकेट खेल्न मन लाग्थ्यो। उनी सानैदेखि फास्ट बलिङ गर्थे। 

२००५ मा जब मोहम्मद शामी १५ वर्षका थिए, बुबाले उनको बलिङबाट प्रभावित भएर उनलाई मुरादाबादको क्रिकेट कोच बदरुद्दीन सिद्दीकीकहाँ लगेर गएका थिए। उनको तीव्र बल देखेर सिद्दीकी छक्क परेका थिए। यसपछि उनले शामीलाई क्रिकेटबारे सिकाए।

उत्तर प्रदेशमा जन्मेका शामी आफ्नो राज्यको अन्डर–१९ मा छनोट हुन सकेनन्। त्यसपछि उनका प्रशिक्षकले उनलाई कोलकाता जान भनेका थिए। प्रशिक्षकको सल्लाहमा उनी कोलकाता गए र त्यहाँ डलहौजी क्रिकेट क्लबबाट खेल्न थाले। 

त्यसपछि बंगाल क्रिकेट संघका पूर्वसहायक सचिव देव व्रतले उनलाई बलिङ गरेको देखे र उनीसँग निकै प्रभावित भए। त्यसपछि उनले शामीलाई मोहन बागान क्लबमा पठाए। शामीको करियरमा सौरभ गांगुलीको योगदान निकै महत्वपूर्ण रह्याे। 

गांगुलीले उनलाई मोहन बागान क्लबमा बलिङ गरेको देखे र त्यसपछि शामीलाई बंगालको रणजी टोलीमा पुर्‍याए। आफ्नो पहिलो खेलमा शामीले असमविरुद्ध तीन विकेट लिएका थिए। यसपछि सैयद मुश्ताक अलि ट्रफीमा उनले असमविरुद्ध ४ ओभर बलिङ गर्दै ४ विकेट लिएका थिए।

शामीको अन्तर्राष्ट्रिय करियर

घरेलु क्रिकेटमा आफ्नो उत्कृष्ट बलिङका कारण शामीले चाँडै नै अन्तर्राष्ट्रिय क्रिकेटमा स्थान बनाए। ६ जनवरी २०१३ मा पाकिस्तानविरुद्ध भारतीय टोलीको लागि डेब्यू गरे। 

उनले आफ्नो पहिलो खेलमा उत्कृष्ट बलिङ गर्दै ९ ओभर बलिङ गर्दै २३ रन दिएर सफलता हासिल गरेका थिए। शामीले विश्वकप २०१९ मा अफगानिस्तानविरुद्ध ह्याट्रिकसमेत गरेका थिए। उनी ह्याट्रिक गर्ने दोस्रो भारतीय बलर हुन्। 

शामीले पाकिस्तानविरुद्ध आफ्नो टी-२० मा डेब्यू गरे र आफ्नो पहिलो खेलमा ४ ओभरमा ३१ रन दिएर एक विकेट लिए। यसबाहेक शामीले सन् २०१३ मा वेस्टइण्डिजविरुद्ध टेस्ट डेब्यू गरेका थिए, जहाँ उनले आफ्नो पहिलो टेस्टमा ९ विकेट लिएका थिए।

यससँगै, आफ्नो घरेलु प्रदर्शनको आधारमा शामीले सन् २०११ मा क्रिकेटको सबैभन्दा ठूलो लिग आईपीएलमा स्थान बनाए र उनलाई कोलकाता नाइट राइडर्सले आफ्नो टोलीमा समावेश गरेको थियो। यसपछि सन् २०१४ मा दिल्लीले ४.५ करोडको मोटो बोली लगाएर किनेको थियो। हाल शामी पञ्जाब किंग्सबाट खेल्छन्।

श्रीमतीका कारण विवादमा 

शामी आफ्नी श्रीमती मोडल हसीन जहाँका कारण निकै विवादमा परेका थिए। दुवैले सन् २०१४ मा विवाह गरेका थिए। यसपछि सन् २०१८ मा उनकी श्रीमती हसीन जहाँले शामीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन्।

अन्य महिलासँगको कुराकानी सोसल मिडियामा भाइरल भयो। हसीनले शामीको पाकिस्तानी युवतीसँग अफेयर रहेको र दुबईमा भेटेको आरोप लगाएकी थिइन्। यी सबै विवादका कारण उनको क्रिकेट करियरमाथि प्रश्न उठ्यो। 

तर, उनले साहसका साथ समस्याहरूको सामना गरे र भारतीय टोलीमा बलियो पुनरागमन गरेपछि पाकिस्तानी युवतीले आफू शामीको फ्यान भएको बताएकी थिइन्। 

शामीको करियरको अहिलेसम्मको प्रदर्शन

वानडे : ७९ खेलमा १४८ विकेट, उत्कृष्ट ५/६९

टेस्ट : ५४ खेलमा १९५ विकेट, उत्कृष्ट ६/५६

टी–२० अन्र्तराष्ट्रिय : १३ खेलमा १२ विकेट सर्वश्रेष्ठ ३/३८

आईपीएल : ७७ खेलमा ७९ विकेट उत्कृष्ट ३/१५


 -शेर भण्डारी/न्युज कारखाना 

प्रकाशित: Oct 27, 2021| 21:28 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।