शनिबार, असोज २४, २०८३

यस कारण कबिरले गरेनन् टाइगर फ्रेञ्‍जाइज निर्देशन

'एक था टाइगर' निर्देशन गरेर कबिरले सलमानलाई एक हिट फ्रेञ्चाइज दिएका थिए। फिल्म त सफल रह्यो नै, यसको सिरिजको प्रतीक्षामा दर्शक बस्न थाले। एजेन्ट र आएसआई एजेन्टको प्रेम कथालाई समेटिएको फिल्मले दर्शकको मन जित्यो।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

मुम्बई- बलिउडका भाइजान सलमान खानलाई ‘बजरंगी भाइजान’ जस्तो फिल्म दिएका निर्देशक हुन्, कबिर खान। उनले सलमानसँग 'एक था टाइगर'मा काम गरेका थिए। उक्त समयमा सलमानको फिल्ममा कथासहितको मनोरंजन भन्ने प्रतिक्रिया फिल्मलाई प्राप्त भएको थियो।

त्यसपछि यस जोडीले काम गरेको फिल्म ‘बजरंगी भाइजान’लाई सलमानको दशककै उत्कृष्ट फिल्मको रूपमा लिइयो। फिल्ममा मनोरंजन त थियो नै, साथमा दमदार कथा पनि। तर, त्यसपछि यी दुई जनाको सहकार्यमा आएको फिल्म ‘ट्युबलाइट’ भने असफल भयो। 

यद्यपि, 'एक था टाइगर' निर्देशन गरेर कबिरले सलमानलाई एक हिट फ्रेञ्चाइज दिएका थिए। फिल्म त सफल रह्यो नै, यसको सिरिजको प्रतीक्षामा दर्शक बस्न थाले। एजेन्ट र आएसआई एजेन्टको प्रेम कथालाई समेटिएको फिल्मले दर्शकको मन जित्यो। यसको सिक्वेल 'टाइगर जिन्दा है'लाई अली अब्बास जफरले निर्देशन गरे। दोस्रो भागलाई पनि दर्शकले उत्तिकै रुचाए। बक्स अफिसमा टाइगर सिरिजलाई 'ब्लकबस्टर' मानिन्छ। यतिबेला यसको तेस्रो भागको छायांकन भइरहेको छ, जसलाई मनीष शर्माले निर्देशन गरिरहेका छन्। 

यद्यपि, दर्शकले कबिरलाई टाइगरको फ्रेञ्चाइज निर्देशन गरेको हेर्न चाहन्छन्। हालै एक फिल्म फेस्टिभलमा यसबारे बोल्दै निर्देशक कबिरले आफ्नालागि उक्त फिल्मको कथा 'एक था टाइगर'मै सकिएको बताए। 'मेरालागि सोही फिल्ममा कथा, क्यारेक्टर सकियो। त्यस क्यारेक्टरमा म सोच्न र बाँच्न सक्दिनँ। मसँग कथा नभएको पनि होइन तर मलाई त्यसमा केही नयाँपन लागेन', कबिरले भने। 

उनले टाइगर मात्र नभई न्युयोर्क, बजरंगी भाइजानलगायतको पनि सिक्वेल ल्याउने दबाब रहेको बताए। 'मलाई प्रेसर छ, दर्शक र प्रोड्युसरबाट तर त्यो क्यारेक्टर र कथाको अन्त्य भइसकेको छ', कबिरले भने। उनी नयाँ कथा र नयाँ पात्रलाई फिल्ममा देखाउन चाहन्छन्। पछिल्लो समय कपिल देवको बायोपिक ‘८३’ मा कबिर व्यस्त छन्।

प्रकाशित: Oct 28, 2021| 02:00 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।