हङकङ- हङकङले फिल्ममा सेन्सर लगाउने कानुन पारित गरेको छ। चीनको राष्ट्रिय सुरक्षा रणनीतिविरुद्धका फिल्मलाई सेन्सर गर्ने गरी बनाइएको कानुन पारित भएको हो।
हङकङले फिल्म सेन्सरसिप कानुन पारित गर्नुलाई अभिव्यक्ति स्वतन्त्रता हननको अर्को कार्य भएको टिप्पणी गरिएको छ।
सेन्सरसिप कानुनको उल्लंघन भएमा तीन वर्षसम्म जेल सजाय र १ लाख ३० हजार अमेरिकी डलरसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। समालोचकहरूले भने हङकङको पछिल्लो कानुनी प्रावधानले फिल्म उद्योगलाई नराम्ररी असर गर्ने बताएका छन्।
गत वर्ष पनि हङकङमा चीनले राष्ट्रिय सुराक्षा कानुन लागू गरेको थियो। उक्त कानुनले मतभेदलाई बर्जित गरेको थियो। उक्त कानुन लागू गरिएपछि हङकङमा लामो समय प्रदर्शन भएको थियो। प्रदर्शनमाथि व्यापक प्रहरी दमन भएको थियो।