शनिबार, असोज २४, २०८३

नेपालसहित चार देशको सहभागितामा कोलकातामा सुन्तला महोत्सव हुँदै

नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सव आगामी मङ्सिर २४, २५ र २६ गते पश्चिम बङ्गालको राजधानी कोलकातामा हुने भएको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

जयगाउँ- नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सव आगामी मङ्सिर २४, २५ र २६ गते पश्चिम बङ्गालको राजधानी कोलकातामा हुने भएको छ।

एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजम नामक संस्थाले सन् २०१४ देखि महोत्सवको आयोजना गर्दै आएको छ। भुटानको सीमा नजिक पश्चिम बङ्गालको जल्दापारा नेसनल पार्कमा आज भएको अन्तरदेशीय बैठकले महोत्सवको तिथि निर्धारण गरेको हो। प्रत्येक दुई वर्षमा हुँदै आएको पूर्वनिर्धारित सुन्तला महोत्सव विश्वव्यापी कोरोना महामारीका कारण सन् २०२० मा आयोजना हुन नसकेको आयोजक संस्था एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजमका अध्यक्ष राज बसुले बताए।

उनका अनुसार आजको अन्तरदेशीय बैठकमा नेपाल र भारतका प्रतिनिधिको सहभागिता रहेको थियो। कोरोना महामारीका कारण बंगलादेश र भुटानले सीमा बन्द गरेका कारण ती देशका प्रतिनिधि बैठकमा आउन नपाएको बसुले जानकारी दिए। हिमालय क्षेत्रका नेपाल, भारत र भुटानमा फल्ने सुन्तला महोत्सवको विशेष आकर्षण हुने गरेको छ। ग्रामीण क्षेत्रमा उत्पादन हुने अग्र्यानिक जडीबुटी, फलफूल र हस्तकलाका सामग्रीको महोत्सवमा प्रचारप्रसार गरिँदै आएको उनले बताए।

उक्त महोत्सवका लागि नेपाल सहआयोजक रहँदै आएको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिजमका महासचिव अर्जुन कार्कीले बताए। उनले बैठकमा महोत्सवले नेपाली सुन्तला र ग्रामीण पर्यटनको अन्तर्राष्ट्रिय प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुर्‍याउँदै आएको हुँदा आगामी मंसिरमा कोलकातामा हुने महोत्सवमा नेपालको तर्फबाट प्रदेश नं १ का पर्यटन व्यवसायी, सुन्तला कृषक र पत्रकारको सक्रिय सहभागिता रहने बताए।

'कोरोना महामारीले विश्वव्यापीरूपमा पर्यटन व्यवसायलाई धराशायी बनाएको बेला आयोजना हुन लागेको सुन्तला महोत्सवले नेपाली पर्यटनलाई पुनःजागृत गर्न मद्दत पुग्नेछ,' नेपालमा ग्रामीण पर्यटनको विकासका लागि अभियान सञ्चालन गर्दै आएका कार्कीले भने,'कोरोनासँगै जिउनुको विकल्प छैन, अब हामीले पनि पर्यटन प्रवद्र्धनका लागि स्थानीय महोत्सव सुरु गर्नुपर्छ।' - रासस

प्रकाशित: Oct 28, 2021| 03:05 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...