बिहीबार, वैशाख २४, २०८३

अमेरिकी डलरसँग पाकिस्तानी रूपैयाँको मूल्यमा गिरावट

पाकिस्तानी रुपैयाँको अमेरिकी डलरसँगको मूल्यमा गिरावट निरन्तर छ। पछिल्लो समय मंगलबार अन्तरबैंक मुद्रा बजारमा १७५ रुपैयाँमा उक्लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

इस्लामावाद- पाकिस्तानी रुपैयाँको अमेरिकी डलरसँगको मूल्यमा गिरावट निरन्तर छ। पछिल्लो समय मंगलबार अन्तरबैंक मुद्रा बजारमा १७५ रुपैयाँमा उक्लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

National life

पाकिस्तानी १७४.४३ रुपैयाँ को अघिल्लो साताभन्दा ८४ पैसा वा ०.४८ प्रतिशतको मूल्यांकन गर्दै स्थानीय इकाइविरुद्ध १७५.२७ रुपैयाँमा बन्द भएको एआरवाई न्यूजले स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) लाई उद्धृत गर्दै जानकारी दिएको छ। 

विनिमय दरको दबाब कम गर्न एसबीपीले कदम चाल्ने दाबी गरे पनि अमेरिकी डलरविरुद्ध पाकिस्तानी रुपैयाँको ‘स्लाइड’ जारी छ।

मुलुकमा बढ्दो मुद्रास्फितिका बीच गिरावट जारी छ। पाकिस्तानमा दैनिक आवश्यकताको मूल्य नयाँ उचाइमा पुगेको छ। विपक्षले सरकारविरुद्ध निन्दा र व्यापक विरोध प्रदर्शन गरेको छ।

एआरवाई न्यूजका अनुसार एसबीपी गभर्नर रेजा बकिरले पाकिस्तानी रुपैयाँको मूल्यह्रासको रक्षा गर्दै विदेशी पाकिस्तानीहरूलाई फाइदा भएको र देशमा मुद्रास्फीति कृत्रिम भएको र नियन्त्रण गरिने दाबी गरेपछि मुद्रास्फीतिबारेको हल्लाहरू मथ्थर भएको भए पनि एसबीपीले मङ्गलबार मुद्रामा सामान्य गिरावट आएको सार्वजनिक गरेको छ। 

प्रकाशित: Oct 27, 2021| 21:40 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।