मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानमा अझै ४३९ अमेरिकी सैनिक रहेको पेन्टागनको भनाइ

अफगानिस्तानमा अझै ४३९ अमेरिकी सैनिक रहेको पेन्टागनको भनाइ

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अरु सबै अमेरिकी सैनिकहरूलाई फिर्ता गरिएपनि ४३९ जना अफगानिस्तानमै रहेको जनाएको हो।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काबुल- अफगानिस्तानमा अझै पनि ४३९ जना अमेरिकी सैनिक रहेको तथ्य सार्वजनिक भएको छ।

National life

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अरु सबै अमेरिकी सैनिकहरूलाई फिर्ता गरिएपनि ४३९ जना अफगानिस्तानमै रहेको जनाएको हो। 

अमेरिकाको नेतृत्वमा गएको सैनिक गठवन्धनका अधिकांश सैनिकहरू तालिवान विद्रोहीहरूले सत्ता कब्जा गरेपछि अफगानिस्तान छाडेर फिर्ता भएका थिए।

सिनेटमा भएको एउटा सुनुवाईका क्रममा रक्षा मन्त्रालयका अधिकारीले अफगानिस्तानमा ४३९ जना अमेरिकी सैनिक अझै पनि अफगानिस्तानमै रहेको जानकारी दिएका हुन्। उनले अफगनिस्तानमा रहेका सवै अमेरिकी सैनिकहरु आफुहरूको निरन्तर सम्पर्कमा रहेको पनि स्पष्ट पारेका छन्। 

मन्त्रालयका उपसचिव कोलिन काह्लले अफगानिस्तानमा रहेका अमेरिकी सैनिकमध्ये १७६ जना अफगानिस्तान छाड्न तयार रहेको जानकारी दिए।  

Laxmi sunrise bank
kumari

तर २४३ जना भने अफगानिस्तान छाड्ने की नछाड्ने भन्ने बारेमा अन्यौलमा रहेको पनि उपसचिव काह्लले बताए। अफगानिस्तानमा रहेको सैनिक टोलीले घोषित रुपमा गत अगस्ट ३१ मा अफगानिस्तान छाड्न सुरु गरेको थियो। 

तालिबान लडाकूहरूले सत्ता कब्जा गरेपछि गठवन्धन सैनिकले अफगानिस्तान छोड्ने निर्णय गरेको थियो। गठवन्धन सेनाले झण्डै २० बर्ष सेवा गर्दा पनि सफलता प्राप्त गर्न भने सकेन। अफगानिस्तानको युद्ध अमेरिकाले अन्य देशमा गरेका युद्धमध्ये सवैभन्दा लामो युद्ध हो। 

प्रकाशित: Oct 27, 2021| 22:15 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।