सोमबार, असार २२, २०८३

खेलकुद ऐनलाई समय सापेक्ष संशोधन गरिन्छ : खेलकुदमन्त्री

मन्त्री गहतराजले नयाँ खेलकुद ऐनमा खेलकुदको विकासमा बाधा पुग्‍ने बुँदा छन् भने त्यसलाई समय सापेक्ष संशोधन वा परिमार्जन गर्न सकिने बताए। उनले खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी कार्य गर्ने प्रतिबद्धता जनाए।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको सम्मानमा बुधबार स्वागत तथा बधाइ कार्यक्रम आयोजना गरेको छ।

राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख, खेलाडी, प्रशिक्षक, राष्ट्रिय खेल संघका पदाधिकारी, कर्मचारीलगायतले मन्त्री गहतराजलाई स्वागत गर्नुका साथै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिएका हुन्।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले नयाँ खेलकुद ऐनमा खेलकुदको विकासमा बाधा पुग्‍ने बुँदा छन् भने त्यसलाई समय सापेक्ष संशोधन वा परिमार्जन गर्न सकिने बताए। उनले खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी कार्य गर्ने प्रतिबद्धता जनाए।

उपाध्यक्ष कोइरालाले चाँडोभन्दा चाँडो नियमावली बनाउने कार्यलाई टुंग्याउनु पर्नेमा जोड दिए। खेलकुद मन्त्रालयका प्रवक्ता डा. कमलप्रसाद पोखरेलले खेलकुद सम्मानित क्षेत्र भएको धारणा व्यक्त गरे। राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले नयाँ ऐनमा भएका कमी कमजोरीलाई सच्याउनु पर्ने आवश्यकता औंल्याए।




प्रकाशित: Oct 27, 2021| 19:37 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।