मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • उर्जामा मूल्यवृद्धि हुन नदिन युरोपेली देशका उर्जामन्त्रीहरु प्रतिबद्ध

उर्जामा मूल्यवृद्धि हुन नदिन युरोपेली देशका उर्जामन्त्रीहरु प्रतिबद्ध

हाल विश्वमा उर्जाको मूल्यवृद्धि भइरहेको विषयमा छलफल गर्दै आगामी दिनमा मूल्य वृद्धि हुन नदिन यसका उपायहरु बारे आवश्यक छलफल गरेको बताइएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

National life
Laxmi sunrise bank
kumari

लक्जमबर्ग- युरोपेली देशका उर्जामन्त्रीहरुको बैठक मंगलबार लक्जम्बर्गमा सम्पन्‍न भएको छ। सो बैठकमा उनीहरुले हालैका दिनहरुमा विश्वमा उर्जामा भएको मुल्यवृद्धिका विषयमा कुराकानी गरेका थिए। उनीहरुले हाल विश्वमा उर्जाको मूल्यवृद्धि भइरहेको विषयमा छलफल गर्दै आगामी दिनमा मूल्य वृद्धि हुन नदिन यसका उपायहरु बारे आवश्यक छलफल गरेको बताइएको छ। 

उनीहरुले सो छलफलका क्रममा जलवायु परिवर्तनसम्बन्धी नीतिहरुको पनि समीक्षा गरेका थिए। साथै विश्वमा जलवायु परिवर्तनको असर कम गर्नका लागि स्वच्छ उर्जाको प्रयोग पनि उर्जाको मूल्य वृद्धि रोक्नका लागि एक उपाय हुनसक्ने विषयमा छालफल गरेका थिए। विश्वमा उर्जाको खपत बढिरहेका अवस्थामा वैकल्पिक एवं स्वच्छ उर्जा प्रयोगका सम्भावनाहरुको खोजी गर्नुका साथै जलवायु परिवर्तनको असर के कसरी कम गर्न सकिन्छ भन्‍ने विषयमा पनि छलफल गरेका थिए। 

प्रकाशित: Oct 27, 2021| 22:00 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।