बिहीबार, वैशाख २४, २०८३

आईएसको आक्रमणमा १० जनाको मृत्यु

दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आईएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिंसात्मक क्रियाकलापहरु अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

National life

बगदाद- इराकको पूर्वी प्रान्त दियालामा आईएसको आक्रमणमा परेर कम्तिमा पनि १० जनाको मृत्यु भएको छ। उक्त आक्रमणमा अन्य १२ जना घाइते भएका छन्। दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आईएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिंसात्मक क्रियाकलापहरु अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो। 

इराकी राष्ट्रिय सुरक्षा निकायहरुले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आईएसहरुको खोजी अभियानलाई तीव्र पारेको बताएको छ। त्यसक्रममा गत हप्तामात्र पनि सो दियाला प्रान्तमा यहाँका सुरक्षा निकायहरुले गरेको कारबाहीका क्रममा आइएसका केही सदस्यको निधन भएको थियो। 

इराकी सरकारले इराकका विभिन्न स्थानमा आइएसका हिंसात्मक गतिविधीहरु बढ्दै गएको भन्दै खोजी अभियान थालेको जनाएको छ।

प्रकाशित: Oct 27, 2021| 23:30 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।