बुधबार, वैशाख १६, २०८३

गरिबीका कारण आफैंलाई बिक्रीमा राख्‍ने एकजना पक्राउ

'हो, हामीले मंगलबार इद्रिसलाई पक्राउ गरेका छौं। इस्लाम अनुसार उनले गरेका गतिविधिहरु प्रतिबन्धित छन्। तपाईंको अवस्था जस्तोसुकै भए पनि आफैंलाई बिक्रीमा राख्‍न पाइँदैन।'
 |  बुधबार, कात्तिक १०, २०७८

बीबीसी

बीबीसी

बुधबार, कात्तिक १०, २०७८

नाइजेरिया- कानो राज्यको इस्लामिक प्रहरी (हिजबाह)ले २६ वर्षीय अलियु ना इद्रिसलाई पक्राउ गरेको छ। गत साता उनी सामाजिक सञ्‍जालमा भाइरल भएका थिए। गरिबीका कारण उनले आफैंलाई बिक्रीमा राखेका थिए। 

National life

हिजबाहका कमाण्डर हारुन इब सिन्हाले आफैंलाई बिक्रीमा राख्‍न कानुनीरुपमा नपाउने भएकोले पक्राउ गरेको बताएका छन्। 

उनले भने, 'हो, हामीले मंगलबार इद्रिसलाई पक्राउ गरेका छौं। इस्लाम अनुसार उनले गरेका गतिविधिहरु प्रतिबन्धित छन्। तपाईंको अवस्था जस्तोसुकै भए पनि आफैंलाई बिक्रीमा राख्‍न पाइँदैन।' 

इद्रिसले पक्राउ पर्नुअघि पत्रकारसँग कुरा गर्दै उनले आफूलाई ठूलो आर्थिक समस्या परेको बताएका थिए। उनले आफूलाई २० मिलियन नायरा अर्थान ४९ हजार अमेरिकी डलर मूल्य तोकेका थिए। 

उनले आफूलाई किन्‍नेको भित्रि हृदयदेखि नै सेवा गर्नेसमेत उल्लेख गरेका थिए। उनले भनेका थिए, 'म बिक्री हुन चाहनुको मुख्य कारण गरिबी हो। मैले मेरो अभिभावकलाई १० मिलियन नायरा दिने योजना बनाएको थिए। पाँच मिलियन नायरा सरकारलाई कर बुझाउने, दुई मिलियन नायरा मलाई बिक्रीका लागि ग्राहक खोज्‍नेलाई दिने र बचेको पैसा आफ्नो खर्चका लागि राख्‍ने योजना बनाएको थिएँ।' 

kumari

प्रकाशित: Oct 27, 2021| 18:29 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।