काठमाडौं- नेपाली ब्याटस्म्यान कुशल भुर्तेलको टी-२० वरीयतामा सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले बुधबार सार्वजनिक गरेको वरीयतामा कुशलले तीन स्थान माथि उक्लिएका हुन्।
यसअघि कुशल ६०औं स्थानमा थिए। अहिले उनी ५७औं स्थानमा उक्लिएका छन्।
कुशलको वरीयतामा सुधार हुँदा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको वरीयता भने खस्किएको छ। गत महिना ओमनमा शानदार प्रदर्शन गरेका सन्दीप ७८ औं स्थानबाट ८८औं स्थानमा पुगेका छन्।
यता पूर्वकप्तान पारस पनि ९१औं स्थानबाट ९५औं स्थानमा झरेका छन्। ज्ञानेन्द्र मल्ल दुई स्थान तल झर्दै ९७ औं स्थानमा पुगेका छन्।
आईसीसी टी २० वरियतामा यसअघि नै नेपाल १४औं स्थानमा रहेको नेपाल सोही स्थानमा यथावत् छ।