शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • ५९ सांसदको समर्थनसहित राजेन्द्र पाण्डेद्वारा मुख्यमन्त्रीका लागि दाबी पेस

५९ सांसदको समर्थनसहित राजेन्द्र पाण्डेद्वारा मुख्यमन्त्रीका लागि दाबी पेस

बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता राजेन्द्र पाण्डेले दावी पेस गरेका छन्।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

National life
Laxmi sunrise bank
kumari

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्रीका लागि नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता राजेन्द्र पाण्डेले दावी पेस गरेका छन्। ५९ सांसदको समर्थनसहित उनले केही बेरअघि मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन्।

१०९ सांसद रहेको बागमती प्रदेशमा मुख्यमन्त्री बन्नका लागि ५५ मत आवाश्यक पर्छ। योसँगै पाण्डे मुख्यमन्त्री हुने करिब निश्चित भएको छ। 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार दिउँसो मात्रै बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएको घोषणा प्रदेशसभामा गरेपछि प्रदेश प्रमुख शर्माले भोलि बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएर मुख्यमन्त्री पदमा दाबी गर्न आह्वान गरेका थिए।

प्रकाशित: Oct 27, 2021| 17:33 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।