बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन बृहत् नागरिक आन्दोलनको माग

प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन बृहत् नागरिक आन्दोलनको माग

बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनले न्यायालयमा देखिएको संकट निदानका लागि बार एसोसियसन, पूर्व प्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ताहरु र न्यायाधीश समाजको आह्वानसमेतलाई समर्थन गर्दै न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन माग गरेको हो।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं- बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोग लगाउन राजनीतिक दलहरुसँग माग गरेको गरेको छ।

बुधबार विज्ञप्ति जारी गर्दै आन्दोलनले न्यायालयमा देखिएको संकट निदानका लागि बार एसोसियसन, पूर्व प्रधानन्यायाधीश, वरिष्ठ अधिवक्ताहरु र न्यायाधीश समाजको आह्वानसमेतलाई समर्थन गर्दै न्यायपालिकाको नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश जबरामाथि महाअभियोग लगाउन माग गरेको हो। 

न्यायपालिका सुधार गरी जनताको न्यायिक आस्थाको केन्द्र बनाउनेतर्फ समेत सम्बद्ध सबै पक्षहरूसँग आन्दोलनको आह्वान गरेको छ।

‘न्यायपालिका न्याय सम्पादन गर्ने निकायमात्र नभई शक्ति पृथकीकरणको जगमा राज्य व्यवस्थालाई जवाफदेही बनाउने माध्यमसमेत हो। उच्च नैतिक चरित्र, मर्यादा र आचारसंहिताको बलमा जनताको अन्तिम आड भरोसाका रूपमा रहनुपर्ने न्यायालयका तिनै आधारभूत चरित्रप्रति आज सर्वत्र सन्देह छाएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘न्यायपालिका आफै विकृत बन्दै गएको, देशमा न्याय किनबेचको वस्तु हुन पुगेको आम गुनासोबीच सर्वोच्च अदालतका न्यायाधीशहरू सम्मिलित समितिले अदालतभित्र भ्रष्टाचार हटाउन दिएका विधि र उपायहरूको सुझाव प्रधानन्यायाधीशले अस्वीकार गर्नुले अवस्थाको गम्भीरता दर्शाएको छ।’

नागरिक आन्दोलनले प्रतिनिधिसभा असमयमै र संविधानविपरीत विघटनको घोषणा गर्ने पूर्ववर्ती सरकारका अध्यादेशलगायत बलजफ्ती व्यवहारका मतियार बनेका प्रधानन्यायाधीश जबराले संवैधानिक अंगहरूमा भागबन्डा गरेको घटनाले न्यायपालिकाको मर्यादा गिरेको दाबी गरेको छ।

‘न्यायपालिकामा हाल देखापरेको संकट समाधानतर्फ जिम्मेवार हुनुको सट्टा सत्ता र प्रतिपक्षका दलहरूबीच प्रतिशोध साध्ने प्रतिस्पर्धा देखिनु गैरराजनैतिक व्यवहार हो,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्तिको बहिर्गमनले व्यवस्था बदलिने होइन। कस्तो व्यक्ति कसरी न्यायाधीश बनाउने भन्ने प्रत्याभूतिले न्यायपालिकाप्रति दलहरूको प्रतिबद्धता प्रस्ट हुन्छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदनको मापदण्ड तय गर्ने तथा भागबन्डामा न्यायाधीश नियुक्तिको प्रथा बन्द गर्नेबारे प्रमुख दलहरूले आफ्नो दृष्टिकोण प्रस्ट गर्नु अपरिहार्य छ।’

प्रकाशित: Oct 27, 2021| 16:44 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।