सोमबार, असार २२, २०८३

मुख्य प्रशिक्षक अल्मुताइरी नेपाल फर्कने पक्का

कतार फुटबल एसोसिएसन र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पासँगको छलफल पछि आफूले थप दुई वर्षका लागि सम्झौता नवीकररुण गरेको उनको भनाइ छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी नेपाल फर्किने भएका छन्।प्रशिक्षक अलमुताइरीले फेसबुकमा स्टाटस लेख्दै आफू पुनः नेपाल फर्कन तयार रहेको उल्लेख गरेका हुन्।

कतार फुटबल एसोसिएसन र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पासँगको छलफल पछि आफूले थप दुई वर्षका लागि सम्झौता नवीकरण गरेको उनको भनाइ छ।

'कर्मा छिरिङ शेर्पा (एन्फा अध्यक्ष) र कतार फुटबल एसोसिएसनसँगको छलफलपछि मैले नयाँ सम्झौता गर्ने निर्णय गरेको छु,' उनले लेखेका छन्। अलमुताइरीले चाँडै आगामी दुई वर्षका लागि योजना सार्वजनिक गर्ने पनि फेसबुकमा लेखेका छन्। 

एन्फाका उपाध्यक्ष पंकज नेम्वाङसँग असहमति रहेको भन्दै उनले राजीनामा दिने घोषणा गरेका थिए। यो विषयमा एन्फाले छानबिन समिति बनाएर छानबिन गरेपनि अल्मुताइरीले चित्त नबुझाएपछि आफू नेपाल नफर्कने उल्लेख गर्दै आएका थिए। अल्मुताइरीको पछिल्लो निर्णयसँगै उनी थप दुई वर्ष नेपाली टिमको मुख्य प्रशिक्षक बन्ने भएका छन्। 

प्रकाशित: Oct 27, 2021| 15:46 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।