शनिबार, मंसिर १३, २०८२

एमाले पोखरा महानगर अध्यक्षका लागि ५ जना उम्मेदवार

अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नगरी सहमतिको आधारमा पालिका नेतृत्व चयन गर्न निर्देशन दिए पनि मुलुककै ठूलो पालिका पोखरा महानगरमा नेकपा एमाले नेतृत्वको लागि निर्वाचन हुने भएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

पोखरा– अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नगरी सहमतिको आधारमा पालिका नेतृत्व चयन गर्न निर्देशन दिए पनि मुलुककै ठूलो पालिका पोखरा महानगरमा नेकपा एमाले नेतृत्वको लागि निर्वाचन हुने भएको छ। निर्वाचन समिति संयोजक टिकाराम पंगेनीले उम्मेदवारी दर्ता भए पनि सहमतिको प्रयास भने जारी राखिने बताएका छन्। 

National life


बुधबार नेकपा एमालेको पोखरा महानगरपालिका कमिटीको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी परेको छ। दिलीप न्यौपाने, तेजनारायण अधिकारी, दीपक पौडेल, धनबहादुर नेपाली र हरिप्रसाद त्रिपाठीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएको पंगेनीले बताए। हिजो सुरु नगर अधिवेशनमा आज नेतृत्व चयनको कार्यतालिका छ। 


उपाध्यक्षमा बैनबहादुर गुरुङ, उमा परियार, मोहन गुरुङ, राजकुमारी भुजेल र सुस्मिता केसी भट्टराईले उम्मेदवारी दिएका छन्। सचिवमा जीवनप्रसाद आचार्य र गोकर्ण अधिकारीको उम्मेदवारी परेको छ। नगर कमिटीमा १ जना अध्यक्ष, १ जना उपाध्यक्ष र १ जना सचिव हुने वैधानिक व्यवस्था छ। २ जना उपसचिव निर्वाचित हुने पार्टी विधान छ। उक्त पदका लागि भने १७ जनाको उम्मेदवारी परेको छ। सकेसम्म सबै उम्मेदवार मध्येबाट सर्वसम्मत नै नयाँ नेतृत्व चयन गरिने एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 27, 2021| 15:35 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।