शुक्रबार, मंसिर २२, २०८०

बागमती प्रदेशमा अब राजेन्द्र पाण्डे बन्नेछन् मुख्यमन्त्री

बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धनलाई नयाँ सरकार बनाउँन मार्गप्रशस्त गरेको घोषणा गरेकी छन्।
 |  बुधबार, कात्तिक १०, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

हेटौंडा- बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धनलाई नयाँ सरकार बनाउँन मार्गप्रशस्त गरेको घोषणा गरेकी छन्। 

sagarmatha cement

विश्वासको मत लिनका लागि बुधबार बसेको प्रदेशसभाको बैठकमा उनले मत विभाजनअघि नै राजीनामा भन्ने शब्द प्रयोग नगरी मार्गप्रशस्त गर्ने घोषणा गरिन्। उनले नेपालको संविधानको धारा १६९ (१) को (क) अनुसार राजीनामा घोषणा गरेकी हुन्। आफ्नो पार्टीको बैठकको निर्णयअनुसार आफूले नयाँ सरकारका लागि मार्गप्रशस्त गरेको बताइन्। 

उनले संसदमा बोल्दै आफूले सरकारमा रहँदा राम्रो काम गर्नका लागि प्रयत्न गरेको बताइन्। प्रदेशमा बसेर मुख्यमन्त्रीका नाताले अल्पमतमा रहे पनि आफूहरूले छोटो समयमा राम्रो काम गरेको उनको दाबी छ।  ‘सरकारका लागि प्रतिपक्षीको पनि साथ रह्यो। जे जस्तो काम गरियो। सबैको साथ सहयोगल गरियो,’ मुख्यमन्त्री शाक्यले भनिन्।  

मुख्यमन्त्री शाक्यले महिलामैत्री सरकार बनाउन सबै मन्त्रालयमा बडापत्र राखिएको बताइन्। महिला हिंसाविरुद्ध सरकार सचेत हुनुपर्छ भन्दै आफूले पाइला चालेको बताइन्। 

समाजवादको सुशासनको लक्ष्य लिएर अवधारणा तयार गरेर योजना आयोगमार्फत अघि बढाइएको छ। उपलब्धिमूलक काम गर्नका लागि मन्त्री, नेता, प्रदेशसभाका सदस्य सबैलाई धन्यवाद पनि उनले व्यक्त गरिन्। 

worldlink

एमालेको एकल बहुमतका आधारमा शाक्य गत २ भदौमा मुख्यमन्त्री नियुक्त भएकी थिइन्। एकल बहुमत अर्थात् एमालेका ५६ जना सांसदको समर्थन दाबी गर्दै मुख्यमन्त्री नियुक्त भएकी शाक्य पार्टी विभाजन भई १३ जना सांसद नेकपा ९एकीकृत समाजवादी०मा लागेपछि अल्पमतमा परेकी हुन्। अहिले एमालेका ४३ जना मात्र सांसदको साथ रहेकाले उनले विश्वासको मत पाउन सक्ने अवस्था नदेखिएपछि राजीनामा दिएकी हुन्। 

बैठकमा शाक्यले मार्गप्रशस्त गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन्। 

यसअघि गत २४ असोजमा प्रदेशसभाको बैठकमा शाक्यले विश्वासको मत लिने प्रस्ताव राखेकी थिइन्। विश्वासको मत लिनका लागि गत  बिहीबार बसेको प्रदेशसभाको बैठकमा अन्तिम समयमा आएर विश्वासको मत लिनका लागि समय सार्दै आज बुधबारका लागि तय भएको थियो।

मुख्यमन्त्रीमा विश्वासको मतका लागि आवश्यक तयारी गर्न एमालेले बुधबारसम्मको समय लिए पनि सांसदको समर्थन जुटाउन नसकेपछि शाक्यको राजीनामा आएको हो। बाग्मतीमा गठबन्धमा रहेका दलहरू नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विश्वासको मत नदिने बताएपछि शाक्य अप्ठ्यारोमा पर्दै आएकी थिइन्। गठबन्धनले उनलाई विश्वासको मतभन्दा पनि राजीनामा दिएर मार्गप्रशस्त गर्नका लागि आग्रह गर्दै आएको थियो।

बाग्मती प्रदेशसभामा १०९ जना प्रदेशसभा सदस्यहरू रहेकोमा सरकार गठनको लागि ५५ सांसदको समर्थन आवश्यक पर्दछ। नेकपा एमाले विभाजनपछि १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै अहिले एमालेका ४३ जना मात्र सांसद छन्।

यस्तै, प्रमुख प्रतिपक्ष नेकपा माओवादीका २३ जना, नेपाली कांग्रेसको २२ जना, विवेकशील साझा पार्टीको तीन जना, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई जना, राप्रपाका दुई जना र जनता समाजवादी पार्टी (जसपा) को एक जना प्रदेशसभा सदस्य छन्। 

सरकार बनाउनका लागि आवश्यक मत सहित तयार रहेको गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने भएको छ। केन्द्रिय गठबन्धनको सहमतिबमोजिम प्रदेशमा कांग्रेस र एकीकृत समाजवादीले आलोपालो सरकारको नेतृत्व गर्नेसमेत यसअघि नै सहमति भइसकेको छ। समाजवादीका नेता पाण्डेपछि कांग्रेसका नेता ईन्द्रबहादुर बानिया मुख्यमन्त्री बन्ने सहमति यी दुई दलबीच भएको छ। 

शिव चौलागाई/न्यूजकारखाना 


प्रकाशित: Oct 27, 2021| 15:30 बुधबार, कात्तिक १०, २०७८
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।