बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आर्थिक लेनदेन नमिल्दा बालकको अपहरण, ६ लाख बुझाएपछि मुक्त

आर्थिक लेनदेन नमिल्दा बालकको अपहरण, ६ लाख बुझाएपछि मुक्त

आर्थिक लेनदेन र अपहरण गर्दा लागेको पैसा बुझाएपछि कपिलवस्तुका अपहरित बालक मुक्त भएका छन्।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

कपिलवस्तु- आर्थिक लेनदेन र अपहरण गर्दा लागेको पैसा बुझाएपछि कपिलवस्तुका अपहरित बालक मुक्त भएका छन्।

अपहरण गर्ने भारतीय नागरिकलाई तिर्नुपर्ने दुई लाख १० हजार भारुसहित ६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार भएको प्रहरीले बताएको छ।

कपिलवस्तुको शुद्धोदन गाउँपालिका-३ गुलरीक पाँच वर्षीय बालक सलमान खान डफाली मंगलबार दिउँसो १ बजे अपहरणमा परेका थिए।

प्रहरीमा दिएको जाहेरीअनुसार भारतको सिद्धार्थ नगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले बालकको परिवारसँग लेनदेनको विषयलाई लिएर अपहरण गरेका थिए।

घरमा कोही नभएको अवस्थामा बालकलाई भेटी पसलमा पान लिन पठाउने क्रममा अपहरण भएको थियो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतीय प्रहरीको सहयोगमा बुधवार राति पौने ३ बजे बालकको उद्धार गरी परिवारलाई बुझाएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए।

प्रकाशित: Oct 27, 2021| 15:00 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।