शनिबार, असोज २४, २०८३

बिहेको तयारीमा विक्की कौशल र कैटरिना

बलिउड अभिनेता बिक्की कौशल र अभिनेत्री कैटरिना कैफबीचको प्रेमसम्बन्धमा रहेको खबर फैलिएको धेरै भयो।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं- बलिउड अभिनेता बिक्की कौशल र अभिनेत्री कैटरिना कैफबीचको प्रेमसम्बन्धमा रहेको खबर फैलिएको धेरै भयो। पछिल्लो समय उनीहरू प्रायः सँगै देखिँदै आएकाले पनि उनीहरूबीच अफेयर रहेको कुराले थप बल पाएको छ। 

पछिल्लो खबरअनुसार उनीहरूले बिक्की र कैटरिनाले यही वर्षभित्र बिहे गर्ने छन्। हाल उनीहरू बिहेमा लगाउने ड्रेसको डिजाइन गर्नमा व्यस्त छन्। उनीहरूको ड्रेस सब्यसाचीले डिजाइन गरिरहेको छ।

अभिनेता रणवीर कपुरसँग ब्रेकअप भएको केही वर्ष सिंगल रहेकी कैटरिना र पछिल्लो समय फिल्ममा जम्दै गएका अभिनेता बिक्कीबीच प्रेम सम्बन्ध सुरु भएको थियो। उनीहरू पछिल्लोपटक सरदार उधूम फिल्मको प्रिमीयरमा सँगै देखिएका थिए। 

केही समयअघि उनीहरूले १८ अगस्टमा इंगेज्मेन्ट गरेको खबर पनि फैलिएको थियो। तर, उनीहरूले आफूहरू प्रेममा रहेको कुरा मिडियासामु भने स्वीकारेका छैनन्। 

कैटरिना र बिक्की प्रायः एक अर्काको घरमा गइरहन्छन्। एकपटक बिक्कीका भाइ सनीसँग उनीहरूको सम्बन्धको बारेमा सञ्चारकर्मीले सोधीखोजी गरेका थिए। तर उनले त्यो सबै अफवाह मात्रै भएको दाबी गरेका थिए।

प्रकाशित: Oct 27, 2021| 14:47 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।