बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पहिरोले ५० वटा खानेपानी आयोजना बगेपछि दूषित पानी पिउन बाध्य छन् बैतडीबासी

पहिरोले ५० वटा खानेपानी आयोजना बगेपछि दूषित पानी पिउन बाध्य छन् बैतडीबासी

३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ।
 |  बुधबार, कात्तिक १०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

बैतडी- ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ। कतिपय खानेपानीका मुहान बाढीले बगाएको छ भने अधिकांश खानेपानीका ट्यांकी, पाइप र च्याम्बरहरुमा क्षति पुगेको छ।

विभिन्न स्थानमा खसेको पहिरोले ५० भन्दा बढी खानेपानी आयोजनामा क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीले जनाएको छ। 

दशरथचन्द नगरपालिका, सिगास गाउँपालिका, दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकामा अन्य ठाउँको तुलनामा खानेपानी आयोजनामा बढी क्षति भएको प्रारम्भिक तथ्यांक आएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोगटीले बताए। उनले भने ‘अहिलेसम्म ५० भन्दा बढी खानेपानी आयोजनामा क्षति पुगेको तथ्यांक आएको छ। योभन्दा बढी क्षति गरेको हुन सक्ने आंकलन गरिएको छ।’

आयोजनाहरूमा क्षति पुगेपछि जिल्ला सरमुकामसहित विभिन्न स्थानमा खानेपानीको अभाव हुन थालेको छ। दशरथचन्द नगरपालिका–४ शाहीलेकका देवराम लोहारले भने, ‘हाम्रो नजिकका करिब एक दर्जन खानेपानीका आयोजना अवरुद्ध भएको छ। नजिक धारा तथा कुवा केही छैन। अहिले पानी ल्याउन दैनिक दुई घण्टा हिँडेर जानु पर्छ। बोकेर ल्याएको पानी पिउन र खाना पकाउन मात्रै प्रयोग गर्छौं।’

शौचालयमा प्रयोग गर्ने पानी समेत अभाव भएको उनले बताए। खानेपानीको मुहानमै पहिरो खसेपछि कात्तिक पहिलो सातादेखि सदरमुकाम आसपास पानीको हाहाकार भएको छ। 

जिल्ला सदरमुकाममा आउने खानेपानीको मुहान बनाउन सरोकारवालाका साथै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी समेतको टोलीले ६ दिनदेखि काम गरेको छ। मंगलबार ट्यांकीसम्म पानी पुर्याउन सके पनि पाइपलाइन बगाएका कारण अझै केही दिन लाग्ने जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए। 

पहिरोका कारण खानेपानी आयोजनाहरूमा क्षति पुर्याएपछि स्थानीयबासी दुषित पानी प्रयोग गर्न बाध्य भएको सिगासका शिक्षक पदम साउदले बताए। ‘खोलाहरूमा धमिलो पानी आइरहेको छ। विकल्प नहुँदा यही पानी खान बाध्य छौँ। खानेपानीका सबै आयोजना छिट्टै र सहजै बन्ने देखिँदैन्,’ साउदले भने। 

सरुवा रोगको उच्च जोखिम

पहिरोका कारण खानेपानी योजनाहरूमा क्षति पुर्याएपछि सरुवा रोग संक्रमणको जोखिम समेत बढेको स्वास्थ्यकर्मीहरू बताउँछन्। दुषित पानीका कारण आउँ, झाडापखाला, टाइफाइड, हैजा जस्ता रोगको जोखिम बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले बताए। उनले भने, ‘दुषित पानीको कारणले पानीजन्य रोगको जोखिम बढ्दै गएको छ। गाउँघरमा पानी शुद्धीकरण गर्ने चलन नभएकाले झन् समस्या हुन सक्छ।’

पहिरोका कारण खोलानालामा दुषित पानी भएकाले पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्। पानी उमालेर प्रयोग गरेमा पानीजन्य रोगको जोखिम कम गर्न सकिने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।  -न्युज कारखाना

प्रकाशित: Oct 27, 2021| 14:40 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।