धनगढी- कञ्चनपुरमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन्। गैंडाको आक्रमणबाट बुधबार बिहान बेलौरी नगरपालिका–४ का बलराम राना घाइते भएका हुन्।
बेलौरीको मैनाहा लामिताल नजिक रानालाई गैंडाले आक्रमण गरेको डिभिजन वन कार्यालय कञ्चनपुरका निमित्त प्रमुख दिनेशकुमार यादवले बताए।
शुक्लाफाँटा निकुञ्जको गैंडा तीन महिनादेखि गोरखनाथ सामुदायीक वनलगायत क्षेत्रमा घुमिरहेको र आज राना धान हेर्न गएको समयमा आक्रमण गरेको यादवले बताए।
‘घाइते रानाको इसान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ,’ उनले भने।