मंगलबार, वैशाख ९, २०८२

एमालेको वडाधिवेशन : सुर्खेतका दुई वडाको नेतृत्व महिलाको हातमा

नेकपा (एमाले) सुर्खेतका ८० वडाको अधिवेशन सम्पन्न गरेको छ। ९९ वडा मध्ये मंगलबार ८० वडाको अधिवेशन सम्पन्न गरेको हो।
 |  बुधबार, कात्तिक १०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १०, २०७८

vianetvianet

सुर्खेत- नेकपा (एमाले) सुर्खेतका ८० वडाको अधिवेशन सम्पन्न गरेको छ। ९९ वडा मध्ये मंगलबार ८० वडाको अधिवेशन सम्पन्न गरेको हो। 

triton college

निर्वाचन सम्पन्न भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले जनाए । ‘सबै वडा सर्वसम्मत नेतृत्व छानिएका छन्,’ अध्यक्ष शाहीले भने, ‘सुर्खेतका कुनै पनि वडामा निर्वाचन भएको छैन।’ वडाको नेतृत्वमा भने पुरुषकै दवदबा छ। 

‘वडा कमिटीमा ३३ प्रतिशत महिला छन्, तर नेतृत्वमा आउने महिलाको संख्या कम छ,’ अध्यक्ष शाहीले भने, ‘अहिलेसम्म दुईवटा वडाको नेतृत्व मात्रै महिला नेतृत्व निर्वाचित भएका छन्।’ महिला नेतृहरू नेतृत्व लिनका लागि अग्रसर नभएकै कारण पुरुषहरु हामबी भएको उनको तर्क छ।

मंगलबार निर्वाचन सम्पन्न भएका ८० मध्ये ७८ वडाको नेतृत्व पुरुषले लिएका छन्। दुई वडाको नेतृत्व महिलाको हातमा पुगको छ। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर-८ र १० को नेतृत्व महिलाले लिएका हुन्।

वडा नम्बर-८ मा देवी पौडेल र वडा नम्बर-१० लक्ष्मी शाही अध्यक्षमा निर्वाचित भएको हुन्। वीरेन्द्रनगरका कुल १६ वडामध्ये चार वटा वडामा महिलाहरूले सचिवको जिम्मेवारी पाएका छन्। वीरेन्द्रनगर वडा नम्बर ५, ११, १२ र १४ मा सचिवको जिम्मेवारी महिला नेतृहरूले लिएका छन्। वडा नम्बर-५ मा नम्रता कार्की, वडा नम्बर-११ मा धर्मा सुवेदी, वडा नम्बर-१२ मा कृति सुवेदी चालिसे र वडा नम्बर-१२ मा गंगा बुढाले सचिवको जिम्मेवारी पाएको छन्।

National life insurance

सुर्खेतका बाँकी १९ वडामा भने विवादका कारण नयाँ नेतृत्व छनौट हुन सकेका छैन। विवादकै कारण मंगलबार नेतृत्व छनौट हुन नसकेको एमाले नेताहरूले बताएका छन्। 

निर्वाचन हुन बाँकी रहेका वडामा पनि सर्वसम्मतिको प्रयास भइरहेको अध्यक्ष शाहीले बताए। ‘सबै वडामा सर्वसम्मत नेतृत्व छान्ने प्रयास छ,’ उनले भने, ‘सबै पदाधिकारी सर्वसम्मत गर्नकै लागि केही वडामा नेतृत्व चयन हुन सकेन।’ विवादित वडामा नेताहरूले समन्वय गरिरहेको छन्। 

वडा–वडामा जिल्ला तहका नेतृत्व खटिएका कारण बुधबार सबै वडामा नयाँ नेतृत्व आउने उनको दाबी छ।

सुर्खेतका नौ पालिकामध्ये वीरेन्द्रनगर बाहेक सबै पालिकामा विवाद छ। वीरेन्द्रनगरमा भने १६ वटै वडामा सर्वसम्मत नेतृत्व चुनिएका छन्। 

वीरेन्द्रनगरको वडा नम्बर-१ मा हरि पौडेल, २ मा लालसिंह सुनार, ३ मा विनोदसिंह विष्ट, ४ मा नवराज कँडेल, ५ मा बासु आचार्य, ६ मा चक्र खड्का, ७ मा खड्कबहादुर दर्लामी, ८ मा देवी पौडेल, ९ मा धनबहादुर सलामी, १० मा लक्ष्मी शाही, ११ मा रविन्द्र रेग्मी, १२ मा चुडामणी चपाई, १३ मा बासुदेव पौडेल, १४ मा नवराज रोकाय, १५ मा हिक्मत वली र वडा नम्बर-१६ मा भूपेन्द्र ज्ञवाली वडाध्यक्षमा निर्वाचित भएका हुन्। सिम्ता, गुर्भाकोट, लेकबेशी, भेरीगंगा, चिङ्गाड, बराहताल, पञ्चपुरी र चौकुने गाउँपालिकामा सबै वडाको नेतृत्व चयन हुन सकेको छैन।

एमालेको केन्द्रीय कार्यातालिका अनुसार कात्तिक ६ गते नै वडाधिवेशन गरिसक्नुपर्ने थियो। तर, तयारी नपुगेको भन्दै एमालेले सुर्खेतमा वडाको अधिवेशन नौ गतेलाई सारेको थियो। पालिका अधिवेशन पनि यही १५ गतेका लागि सारिएको छ।

प्रकाशित: Oct 27, 2021| 07:11 बुधबार, कात्तिक १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।