बुधबार, पुस ३०, २०८२

प्रेमीसँग विवाहपछि जापानी राजकुमारी अमेरिका जाने

जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेपछि उनको शाही पदवी गुमेको छ। कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए।
 |  मंगलबार, कात्तिक ९, २०७८

बीबीसी

बीबीसी

मंगलबार, कात्तिक ९, २०७८

टोकियो- जापानकी राजकुमारी माकोले आफ्ना प्रेमी केइ कोमुरोसँग विवाह गरेपछि उनको शाही पदवी गुमेको छ। कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए।

National life

जापानको कानुनअनुसार 'सर्वसाधारण नागरिक' सँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ। तर, पुरुष सदस्यको हकमा भने शाही पदवी कायमै रहने प्रावधान रहेको छ। 

राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि उनले अवलम्बन गरेकी छन्। अनि राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि उनले अस्वीकार गरेकी छन्। यी दुवै कुरा परित्याग गर्ने उनी जापानी राजपरिवारकी प्रथम महिला सदस्य भएको बीबीसीले जनाएको छ। 

कोमुरो अमेरिकाका वकिल भएकोले उनीहरु दुबै जना अमेरिका गएर बस्‍ने बताइएको छ। 

माकोको विवाह र त्यससँग सम्बन्धित निर्णयहरूलाई ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको कदमसँग दाँजिएको छ। केहीले उनीहरूलाई 'जापानका ह्यारी र मेगन'को संज्ञा दिएका छन्।

Laxmi sunrise bank
kumari

उनको सम्बन्ध जापानी राजकुमारीसँग भएको घोषणा गरिएपछि कोमुरोलाई पनि मार्कलको जस्तै चियोचर्चो गरिएको थियो। जापान फर्किएको बेला उनले पालेको कपालका कारण कोमुरोको आलोचना भएको थियो। 

प्रकाशित: Oct 26, 2021| 18:00 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।