बिहीबार, वैशाख २४, २०८३

चीनको गान्सु प्रान्तमा लकडाउन

कोरोना भाइरस संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

National life

बेइजिङ– कोरोना भाइरस संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ। ४० लाख मानिसको बसोबास रहेको लान्जहोउ सहरमा मंगलबारदेखि लकडाउन घोषणा गरिएको हो। 

लान्जहोउका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ। कोभिड भित्रभित्रै आगो झैं फैलिएको भन्दै नियन्त्रणका लागि सरकारले फेरि लकडाउन घोषणा गरेको। सो सहरमा कोभिडका २९ जना नयाँ संक्रमित भेटिएका छन्। 

पछिल्लो समय चीनमा कोभिडको नयाँ स्वरुप डेल्टा भाइरस देखिएको छ। भाइरस फैलिएसँगै सरकारले यसै साता आयोजना हुने बेइजिङ म्याराथन स्थगित गरेको छ।  

प्रकाशित: Oct 26, 2021| 14:35 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।