बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेनाले जाजरकोटमा बनायो रातमा पनि अवतरण गर्न मिल्ने हेलिप्याड

सेनाले जाजरकोटमा बनायो रातमा पनि अवतरण गर्न मिल्ने हेलिप्याड

जाजरकोटमा नेपाली सेनाले रातमा पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

जाजरकोट- जाजरकोटमा नेपाली सेनाले रातमा पनि हेलिकोप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको छ। सेनाको चन्दननाथ गणले श्रमदानसहित नौ लाखमा उक्त रात्रीकालिन हेलिप्याड निर्माण गरेको हो।

चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेका अनुसार भेरी नगरपालिकाको सहकार्यमा हेलिप्याड निर्माण गरिएको हो। पटकपटक बाढी पहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएको जाजरकोटले उद्धार तथा व्यवस्थापनमा रुकुमको चौरजहारीस्थित विमानस्थल प्रयोग गर्दै आएको थियो। हेलिप्याड निर्माणसँगै अब जिल्ला भित्रबाट उद्धार तथा राहतका कामहरू रात्रीकालिन अवस्थामा सजिलै गर्न सकिने भएको छ। 

सुरक्षा एवं हेलिप्याडको हेरचाहका लागि सेना अग्रसर हुने भएकाले हेलिप्याड गणभित्र निर्माण गरिएको छ। श्री नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उक्त हेलिप्याड उद्घाटन गरी विधिवत रुपमा सञ्चालनमा ल्याइएको छ। अघिल्लो वर्ष बारेकोट गाउँपालिका-४ सार्कीटोलमा बाढी पहिरोबाट भएको मानवीय क्षतिको समयमा समेत सेना नै घटनास्थलमा पहिला पुगेको थियो।   -न्युज कारखाना

प्रकाशित: Oct 26, 2021| 14:11 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।