तेह्रथुम- तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा अरिंगाल झार्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।
सोमबार राति घर नजिकै उत्तिसको रुखमा रहेको अरिंगाल झार्ने क्रममा मेन्छ्यायेम-३ पौठाकका ३० वर्षीया नेत्रहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।
लिम्बूको शव पोसमार्टमका लागि जिल्ला अस्पताल तेह्रथुममा ल्याउँदै गरेको प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए।