इलाम– झारफुक गर्ने क्रममा आफ्नै श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको हत्या गरेको अभियोगमा देउमाई नगरपालिका बारुङ बस्ने ३३ वर्षीय कमल तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
कमलले आफ्नै घरभित्र घर परिवारका सदस्य राखी धामी बसी विगतदेखि बेलाबखत बहोस हुने बिरामी रहेका श्रीमती र छोरीको झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको विभिन्न भागमा टोक्दा दुवै जनाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट खटिएको प्रहरीले घटनामा संलग्न कमललाई पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।