सोमबार, असार २२, २०८३

टी–ट्वान्टी विश्वकपमा आज दुई खेल हुँदै

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन्। पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं– आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन्। पहिलो खेलमा दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ। दुबईमा हुने खेल नेपाली समयअनुसार  दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

समूह १ मा रहेका दक्षिण अफ्रिका र वेस्ट इन्डिज पहिलो जितमा खोजीमा हुने छन् । पहिलो खेलमा दक्षिण अफ्रिका अष्ट्रेलियासँग ५ विकेटले पराजित भएको थियो । वेस्ट इन्डिजलाई इंग्ल्यान्डले ६ विकेटले हराएको थियो ।

यस्तै दोस्रो खेलमा पाकिस्तानले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । शारजाहमा हुने खेल नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ । पाकिस्तान लगातार दोस्रो जित निकाल्ने योजनामा छ । बहुप्रतीक्षित पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो ।

न्युजिल्यान्ड भने विजयी सुरुआत गर्ने योजनामा हुनेछ । न्युजिल्यान्डको यो पहिलो खेल हो । सोमबार भएको एक मात्रै खेलमा अफगानिस्तानले स्कटल्यान्डलाई पराजित गरेको थियो ।

प्रकाशित: Oct 26, 2021| 12:01 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।