बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भरतमणिलाई भेटेपछि पूर्वयुवराज पारसले भने– हामी सम्पर्कमा रहनुपर्छ

भरतमणिलाई भेटेपछि पूर्वयुवराज पारसले भने– हामी सम्पर्कमा रहनुपर्छ

कमेडी च्याम्पियन–२ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन्। दुवैबीच करिब एक घन्टा कुराकानी भएको थियो।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं– कमेडी च्याम्पियन–२ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन्। दुवैबीच करिब एक घन्टा कुराकानी भएको थियो।

पौडेलले केही दिनअघि भेटघाट भए पनि मंगलबार बिहानमात्र भेटको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। उनले पूर्वयुवराज शाह निकै रमाइलो भएको बताएका छन्।

पौडेलले पारससँग शुक्रबार अपराह्न ५ बजेतिर शेर्पा मलस्थित ओपनियन रेस्टुरेन्टमा भेट गरेका थिए। उनी पूर्वयुवराज पारस शाहकै क्यारिकेचर गरेर कमेडी च्याम्पियनमा चर्चित बनेका थिए।

भेट्नेबित्तिकै पूर्वयुवराज पारसले आफूलाई ‘फन्नी फन्नी’ भनेको भरतले सुनाए। ‘साँझ ५ बजेदेखि एक घन्टा बस्यौं, उहाँले मेरो भिडियो हेर्नुभएको रहेछ, एकदम रमाइलो लाग्यो भन्नुभयो। अनि आफ्नै स्टाइलमा उत्साह दिँदै भन्नुभयो– फन्नी फन्नी, किप इन टच। मलाई त एकदम मन पर्यो उहाँको सादगी जीवन देखेर। वर्षौदेखि उहाँको र मेरो चिनजान छ झैं लाग्यो। खाजा सँगै खाइयो। जे होस् त्यो भेट मेरा लागि ऐतिहासिक र रमाइलो थियो,’ भरतमणिले भने।


प्रकाशित: Oct 26, 2021| 11:53 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।