सोमबार, कात्तिक १७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जापानी राजकुमारी माको जसले प्रेमीसँग बिहे गरेर शाही पदवी गुमाइन्

जापानी राजकुमारी माको जसले प्रेमीसँग बिहे गरेर शाही पदवी गुमाइन्

जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी छन्। सर्वसाधारणसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ।
 |  मंगलबार, कात्तिक ९, २०७८

बीबीसी

बीबीसी

मंगलबार, कात्तिक ९, २०७८
Kumaribank
Metro Mart

काठमाडौं– जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी छन्। सर्वसाधारणसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ। जापानको कानुनअनुसार सर्वसाधारण जनतासँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको हकमा भने त्यसो हुँदैन। 

माकोले राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि अवलम्बन गरिनन्। यस्तै राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि अस्वीकार गरेकी छन्। यी दुवै कुरा परित्याग गर्ने उनी जापानी राजपरिवारकी प्रथम महिला सदस्य बनेकी छन्। 

कोमुरो र माको कलेजका सहपाठी हुन्। कोमुरो अमेरिकामा वकालती गर्छन्। अब नवविवाहित दम्पती अमेरिका गएर बस्ने अनुमान छ। 


प्रकाशित: Oct 26, 2021| 11:43 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।