काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा नदिने अडान व्यक्त गरेका छन्। राणाले बीबीसीलाई दिएको अन्तर्वार्तामा कसैको दबाबमा राजीनामा नदिने बताएका हुन्। आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश बनेको भन्दै उनले ‘सडकबाट राजीनामा माग्दैमा नदिने’ दृढता प्रकट गरे।
नेपाल बार एएोसिएसन तथा पूर्वप्रधानन्यायाधीश लगायतबाट राणाले राजीनामा दिएर मार्गशप्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक भइरहेका छन्। प्रधानन्यायाधीश राणाले भने, ‘संविधानको प्रक्रियाबाट म आएको छु र त्यही संविधानको प्रक्रियाबाट मात्रै म जाने हो।’
उनले कसैको ‘दबाब र प्रभावमा’ पद त्याग नगर्ने बताए। जबराले भने, ‘न्यायपालिकालाई लथालिंग पारेर म जान्नँ।’ उनले आफू विधि र प्रक्रियाबाट आएकाले विधि र प्रक्रियाबाट जान तयार रहेको बताए।