बिहीबार, भदौ ४, २०८३

पाँचथर बाढीमा बेपत्ताको खोजीमा कुकुर परिचालन

एक साता अघि बाढीले बगाएर बेपत्ता भएका पाँचथरको फिदिम नगरपालिका-६ सिवाका प्रेम आले मगरको शव फेला परेको छ।
 |  मंगलबार, कात्तिक ९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ९, २०७८

पाँचथर- एक साता अघि बाढीले बगाएर बेपत्ता भएका पाँचथरको फिदिम नगरपालिका-६ सिवाका प्रेम आले मगरको शव फेला परेको छ।

मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका उनको शव शिवा खोलामै फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

बेमौसमी वर्षाका कारण गत साता पाँचथरमा बाढीपहिरो आएको थियो। यी घटनामा पाँचथरमा मात्र ३१ जनाले ज्यान गुमाएमा छन्। बाढीपहिरोमा परी मिक्लाजुङ गाउँपालिकाका तीन जना अझै बेपत्ता छन्। बेपत्ताको खोजीका लागि प्रहरीको तालिम प्राप्त कुकुर झिकाइएको छ।

तालिम प्राप्त कुकुरसहितको टोली हिजो मिक्लाजुङ-४ रबि आइपुगेको र खोजी कार्य सुरु हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए।  

प्रकाशित: Oct 26, 2021| 09:50 मंगलबार, कात्तिक ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।