काठमाडौं- विदेशी नागरिक सीमा नाकाबाट घूसपैठ गरी नेपाल आएर बस्न थालेपछि सरकारले परिचयपत्र बिनाका कसैलाई पनि घर/कोठा/अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ ।
११ जना अफगान नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं ‘शरणाथी’ बनेर लुकिछिपी बसेको खुलेपछि गृह मन्त्रालयले कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचयपत्र माग्न सार्वजनिक रुपमै अपिल गरेको हो।
गृहले परिचयपत्र बिनाका कसैलाई पनि काममा नलगाउन पनि आग्रह गरेको छ।
प्रहरीले सोमबार ११ जना अफगानी नागरिकलाई नियन्त्रणमा लिएर अध्यागमनमा बुझाएको छ। यसअघि पनि अमेरिका पठाइदिन्छु भन्दै एक गिरोहले सात जना रोहिंग्या शरणार्थीहरुलाई नेपाल पुर्याएको थियो।