सोमबार, असार २२, २०८३

एसियन कप छनोटमा नेपाल इरानसँग पराजित

एएफसी एसियन कप छनोटमा नेपाली यू–२३ फुटबल टिम इरान यू–२३ फुटबल टिमसँग पराजित भएको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- एएफसी एसियन कप छनोटमा नेपाली यू–२३ फुटबल टिम इरान यू–२३ फुटबल टिमसँग पराजित भएको छ। ताजकिस्तानको सेन्ट्रल रंगशालामा भर्खरै सम्पन्न खेलमा नेपालले नेपालले इरानसँग ४-० गोलको हार बेहोरेको हो।

अर्को वर्ष हुने एसियन कपको छनोट खेल्न अहिले नेपाली यू-२३ टिम ताजकिस्तानमा छ। गोलकिपर अर्पण कार्कीको कप्तानीमा मैदान उत्रिएको नेपाली टिमले बलियो टिम इरानसँग लज्जास्पद हार बेहोरेको हो।

पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा भने नेपालले सोहि प्रदर्शन कायम राख्न सकेन्। र, चार गोल बेहोर्‍यो। यता खेलको १७ औं मिनेटमा नेपालका अभिषेक लिम्बूले विपक्षी टिमका खेलाडीलाई डी बक्सभित्रै फउल गरेपछि इरानले पेनाल्टीको अवसर पाएको थियो।

तर, इरानी स्किपरले त्यो अवसरलाई गोलमा बदल्न सकेनन्। यससँगै नेपालले एसियन कपको छनोटमा खराब सुरुआत गरेको छ। अब नेपालले अक्टोबल २८ र ३१ मा क्रमशः ताजकिस्तान र लेबनानसँग प्रतिस्पर्धा गर्नेछ।

नेपालले यसअघि पनि एकपटक एसियन कप छनोटमा इरानसँग खेलेको थियो। ६ वर्षअघिको खेलमा नेपाल ५–० गोलले पराजित भएको थियो।

प्रकाशित: Oct 25, 2021| 19:00 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।