आइतबार, मंसिर ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • शरीर बन्धक मुद्दामा गोरेलाई थप १० वर्ष कैद, मृतकको परिवारलाई १३ लाख क्षतिपूर्ति

Siddartha premir insuranceSiddartha premir insurance

शरीर बन्धक मुद्दामा गोरेलाई थप १० वर्ष कैद, मृतकको परिवारलाई १३ लाख क्षतिपूर्ति

मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण तथा करिब ३८ क्‍विन्टल सुन तस्करी मुद्दामा मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई सजाय निर्धारण गरिएको छ।
 |  सोमबार, कात्तिक ८, २०७८
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, कात्तिक ८, २०७८

विराटनगर- मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण तथा करिब ३८ क्‍विन्टल सुन तस्करी मुद्दामा मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेलाई सजाय निर्धारण गरिएको छ। 

triton college

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद, एक लाख जरिवाना र मृतक सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण गरेको अदालतका श्रेस्तेदार टिकेन्द्रबीरजंग राणाले बताए। 

उनका अनुसार मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक सयका दरले १३ लाख ११ हजार रुपैयाँ क्षतिपूर्ती भराउने गरी फैसला भएको हो। 

सुन तस्करी प्रकरणमा सफाई पाएका गोरेलाई शाक्यको हत्या अभियोगमा दोषी ठहर गर्दै अदालतले गत असोज १९ गते जन्मकैद फैसला सुनाएको थियो। फैसलामा अपहरण तथा शरिर बन्धक मुद्दामा दोषी ठहर गरेपनि सजाय निर्धारण गरेको थिएन्। गत असोज १९ गते करिब ३८ क्‍विन्टल सुन तस्करी प्रकरणका मुख्य आरोपी  गोरेसहित ५६ जना प्रतिवादीलाई जिल्ला अदालत मोरङले सफाई दिएको थियो। शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो। ती मध्ये २१ जना अझै फरार छन्। फरार रहेकाहरुको मुद्दा मुल्तबीमा राखिएको छ। 

२०७४ माघ ९ गते आयात भएको साढे ३३ किलो सुन हराएपछि खोजी गर्ने क्रममा गोरेसहितको समूहले फागुन १८ गते सनम शाक्यको हत्या गरेको दाबी सरकार पक्षको थियो। तर सुन तस्करीको ठोस प्रमाण नभेटिएको उल्लेख गर्दै अदालतले सफाइ दिएको हो। 

Metro Mart
vianet

२०७४ साल माघ ९ गते गोरेको समूहले दुबईबाट तस्करी गरेर काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाइएको थियो। सुन गायब बनाएको आरोपमा गोरेसहित उनको समूहले २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ का सनमको हत्या गरेको हो। 

हत्या गरिएको भोलिपल्ट विराटनगरबाट शाक्यको शवसहित बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कारसहित प्रहरीले चालकहरु मोहन काफ्ले, टेकराज मल्ल ठकुरी तथा कृष्ण भनिने नरेन्द्र कार्कीलाई पक्राउ गर्‍यो। त्यो घटनाको अनुसन्धान गर्दा गोरेको योजना र ‘सेटिङ’ तथा अरु व्यापारीको लगानी र प्रहरी अधिकारीको सहयोगमा सन् २०१५ जुलाईदेखि २०१६ अगस्तसम्ममा दुबईदेखि नेपालमा लगभग ३८ क्वीन्टल सुन तस्करी भएको खुलेको हो। 

तर तस्करीको सुन भने बरामद हुन सकेन। प्रमाणका रुपमा पेस गर्नुपर्ने सुन बरामद नभएपछि तस्करीमा संलग्न भनिएकाहरुले मुद्दामा सफाइ पाएको बताइएको छ। 

जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो। सरकारी वकिल कार्यालय मोरङले दर्ता गरेको मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय रुपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्‍विन्टल) सुन अवैध रुपमा आयात गरिएको दाबी गरियो । त्यही बराबरको बिगो मागदाबीसहितको मुद्दा दर्ता गरिएको थियो।

प्रकाशित: Oct 25, 2021| 18:55 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।