सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • महिला लिग छनोट : गोदावारीको पहिलो जित, कन्काई र ललितपुर नकआउट चरणमा

महिला लिग छनोट : गोदावारीको पहिलो जित, कन्काई र ललितपुर नकआउट चरणमा

ललितपुरमा जारी उपमेयर कप महिला राष्ट्रिय लिग छनोटमा गोदावारी नगरपालिकाले सोमबार पहिलो जित निकालेको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- ललितपुरमा जारी उपमेयर कप महिला राष्ट्रिय लिग छनोटमा गोदावारी नगरपालिकाले सोमबार पहिलो जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार दिउँसो भएको खेलमा उसले महालक्ष्मी नगरपालिकालाई ५–३ गोलले हराएको हो।

गोदावारीको जितमा दावा डोल्मा लामा र एस्थर तामाङले समान २-२ गोल गरिन भने यन्जोम रोकायाले एक गोल थपिन्।

त्यस्तै, आजको अर्को खेलमा बागमती नगरपालिकासँग १–१ गोलको बराबरी गर्दै कन्काई नगरपालिका प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ।

निकै प्रतिस्पर्धात्मक खेलमा कुशुम खतिवडाले बनाएको अग्रतालाई बागमतीकी सदिपा ब्लोनले बराबरी गरेकी थिइन्। यो बराबरीसँग समूह ए को शीर्षस्थानमा रहँदै कन्काई अर्को चरणमा पुगेको हो।

यता समूह बी बाट ललितपुर महानगरपालिका महिला लिग छनोटको अर्को चरणमा पुगेको छ। लतिलपुरले आज सोमबार कालिका नगरपालिकालाई १–१ गोलको बराबरीमा रोक्दै नकआउट चरणमा स्थान बनाएको हो।

ललितपुरका लागि रजनी थोकरले बनाएको अग्रतालाई कालिकाकी निशा थोकरले बराबरी गरेकी थिइन्।

प्रकाशित: Oct 25, 2021| 18:49 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।