सोमबार, असार २२, २०८३

शिखर वार बुदोकैदो प्रतियोगिता यसै साता हुने

नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता कात्तिक ११ गतेदेखि सञ्‍चालन हुने भएको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा प्रथम शिखर वार बुदोकैदो प्रतियोगिता कात्तिक ११ गतेदेखि सञ्‍चालन हुने भएको छ।

सातै प्रदेशबाट करिब २ सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगिता कात्तिक ११ बाट संचालन हुन लागेको हो। प्रतियोगिताबारे संघका उपाध्यक्ष वीरकृष्ण महर्जनले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएका हुन्।

पुरुषमा ९ र महिलामा २ गरी जम्मा ११ विधामा प्रतिस्पर्धा हुनेछ। पुरुषमा ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि र खुला तौलसमूह स्पर्धा समावेश छन्।

महिलामा ४५ केजीमुनि र खुला तौलसमूहमा भिडन्त हुने छ। पुरुष÷महिला खुलामा पहिलो हुनेले १ तोला सुनको पदक तथा दोश्रोले ५ तोलाको चाँदीको पदक प्राप्त गर्ने छन्।

बाँकी हरेक स्पर्धाको विजेताले ५ हजार, उपविजेताले ३ हजार तथा तेश्रोले १ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन्। तीनदिने प्रतियोगिताका खेलहरु काठमाडौंको बसन्तपुर डबलीमा हुनेछ।

प्रकाशित: Oct 25, 2021| 18:45 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।