सोमबार, असार २२, २०८३

भेट्रान्स फुटबलमा फर्पिङ र बनिमण्डलको जित

काठमाडौंमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले जित निकालेको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- काठमाडौंमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा फर्पिङले फुटबल फेलोसिपविरुद्ध सानदार जित निकालेको हो।

फर्पिङले ११–० गोलअन्तरको जित निकाल्दा निरज श्रेष्ठले सर्वाधिक ५ गोल गरे। यता, गणेश लावतीले ह्याट्रिक गरे भने नर कुमार राईले दुई गोल गरे।

एक गोल गर्नेमा अनिल गुरुङ र सल्यान खड्गी रहे। खेलमा गणेश लावतीले म्यानअफ दि म्याचको अवार्ड जिते। फर्पिङले सानदार जित निकाल्द फुटबल फेलोसिपले भने लगातार दोस्रो हार बेहोरेको छ।

उसले पहिलो खेलमा पनि हार बेहोरेको थियो।  आजकै दोस्रो खेलमा भने बनिमण्डल फुटबल क्लबले वि आर ब्रदर्सलाई १–० गोलले हराएको छ। दशरथ रंगशालामै भएको खेलमा बनिमण्डलले जित निकालेको हो।

आजकै तेस्रो खेलमा भने एसएनकेसीले बौद्ध भेट्रान्सलाई ४–० गोलअन्तरले हराएको छ। एसएनकेसीका लागि विभोर गुरुङ, नितिन गुरुङ, सुरेन्द्र बहादुर तामाङ र रमेश सिन्कमानले गोल गरे।

प्रकाशित: Oct 25, 2021| 18:41 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।