बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राहत र पुनर्स्थापना प्याकेज घोषणा गर्न किसानहरुको माग

राहत र पुनर्स्थापना प्याकेज घोषणा गर्न किसानहरुको माग

बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं- बाढी, पहिरो र डुबानबाट प्रभावित सुदूरपश्चिमका किसानहरुले प्रदेश सरकार समक्ष राहत र पुनस्र्थापनाको माग गरेका छन्।

सुदूरपश्चिम प्रदेशका कृषक संगठनहरुले बाढी पहिरो पीडित किसानहरुका लागी तत्काल राहत र पुनर्स्थापनाका कार्यक्रम घोषणा गर्न माग गरेका छन्। आइतबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई ध्यानाकर्षण पत्र बुझाउँदै राहत र क्षतीपूर्तीको माग गरिएको हो।

ज्ञापनपत्र बुझाउँदै कृषक संगठनहरुले कृषि संकटग्रस्त क्षेत्र घोषणा, प्राकृतिक विपत्तिबाट प्रभावित घरधुरीको यर्थाथ तथ्यांक संकलन, क्षतिपुर्ति तथा किसानलाई तत्काल उचित राहत, घाइतेहरुको स्वास्थ्योपचार तथा बसोबास गुमाएकाहरुलाई उचित बसोबासको व्यवस्था, कृषि पेशा सुरक्षाको लागी बाली र पशुधन बिमा कार्यक्रम प्रभावकारी बनाउन माग गरेका छन्। ज्ञापनपत्र बुझाउँदै राष्ट्रिय कृषक समूह महासंघ नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाशबहादुर थापाले बाढी पहिरो पीडित किसानहरुको लागी तत्काल प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्नुपर्ने बताए।

ज्ञापनपत्र बुझ्दै मन्त्री विनिता चौधरीले तथ्यांक संकलन गरिरहेको र तथ्यांक आइसकेपछि किसानको लागी राहत प्याकेज र हिउँदे बालीको लागी अनुदानमा बिउविजन तथा मलखाद उपलव्ध गराउने बताइन्।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, खाद्य अधिकार संजाल, केरा उत्पादन तथा प्रबर्द्धन जिल्ला सहकारी कञ्चनपुर, मुख्यमन्त्री नमुना कृषि गाउँ(केरा) कृषक समन्वय समिति कञ्‍चनपुर, गैसस महासंघ नेपाल, भूमि अधिकार मञ्च कैलाली लगायत कृषि संघ संगठनहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका थिए।

गत असोज ३१ गतेदेखि निरन्तर परेको बर्षाले कैलाली कञ्चपुरमा मात्रै तीन अर्बको धानबालीमा क्षति गरेको जनाइएको छ।

प्रकाशित: Oct 25, 2021| 20:21 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।