बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वरिष्ठ अधिवक्ताहरू भन्छन्– न्यायपालिका जोगाउने हो भने प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्छ

वरिष्ठ अधिवक्ताहरू भन्छन्– न्यायपालिका जोगाउने हो भने प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्छ

यसरी राजीनामा माग्नेमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतो छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं– वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गरेका छन्। यसरी राजीनामा माग्नेमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतो छन्। उनीहरूले न्यायालयलाई विवादमा तान्ने काम गरेको उल्लेख गर्दै प्रधानन्यायाशीश राणाले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन्। 

पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरष्ठ अधिवक्ता श्रेष्ठले न्यायपालिका जोगाउन र प्रधानन्यायाधीश राणाको व्यक्तित्वलाई बढी क्षति हुन नदिन पनि तत्काल राजीनामा दिन उपयुक्त हुने तर्क गरे। उनले न्यायालयलई यतिधेरै विवादमा ल्याउने प्रधानन्यायाधीश राणालाई पदमा बसिरहन नैतिकताले समेत नदिने बताए। उनले भने, ‘जरुरी के छ भने छिटोभन्दा छिटो उहाँले राजीनामा दिनुपर्छ। अब उहाँ जति प्रधानन्यायाधीश भएर बस्नु भो, त्यति उहाँको व्यक्तित्वको क्षय हुन्छ। अहिले जति कुरा सतहमा आएको छ, त्यो भन्दा बढी कुरा आउँछ।’

न्यायपालिकालाई जोगाउने हो भने भने राणाले २–४ घण्टामै राजीनामा दिनुपर्ने भनाइ उनको छ। उनले भने, ‘न्यायालयलाई यतिधेरै विवादित बनाएर पदमा बस्ने नैतिक अधिकारी उहाँलाई छैन।’

उनले तुरुन्तै राजीनामा दिएर यो जो जोखिमलाई सुधार्नुपर्दछ। प्रधानन्यायाधीशले अहिले तुरुन्त राजीनामा दिनु र अनि नयाँ विकल्प तत्काल खोज्नुपर्ने हुन्छ।’

अर्का वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्यायालयमाथि देखिएको जोखिम टार्न पनि प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने बताए। उनले अब राणाको विकल्प खोजी गर्न ढिलाइ गर्न नहुनेमा पनि जोड दिए। वरिष्ठ अधिवक्ता भण्डारीले भने, ‘अहिले न्यायिक जगत जलिरहेको छ। निभाउने मान्छे अपांग भइसकेको छ। त्यसैले प्रधानन्यायाधीश नै प्रमुख व्यक्ति हो। उनले तुरुन्तै राजीनामा दिएर यो जो जोखिमलाई सुधार्नुपर्दछ। प्रधानन्यायाधीशले अहिले तुरुन्त राजीनामा दिनु र अनि नयाँ विकल्प तत्काल खोज्नुपर्ने हुन्छ।’

न्यायालयमाथि अति गरेकाले प्रधानन्यायाधीश राणाले मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आएको वरिष्ठ अधिवक्ता महतोले बताए। न्यायपालिकाले कार्यपालिकासँग समेत लेनदेनको काम काम गर्नु दुःखद भएको भन्दै महतोले त्यस कामको नेतृत्वकर्ताको हैसियतमा प्रधानन्यायाधीश राणले मार्गप्रशस्त गर्नुपर्ने बताए। वरिष्ठ अधिवक्ता महतोले न्यायपालिकको अस्तित्व खतरामा पार्ने काम न्यायालय प्रमुखबाटै हुनु दुःखद रहेको भनाइ राखे। 

यसअघि प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले बोलाएको फुल कोर्ट बहिष्कार गरेका १४ जना न्यायाधीशले राणाको राजीनामा माग्ने निष्कर्ष निकालेका थिए। न्यायाधीशहरुले भोलि मंगलबार बिहान प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका छन्। प्रन्याको बैठक बहिष्कार गरेर न्यायाधीशहरूले छुट्टै छलफल गरेका थिए।

करिब साढे दुई घण्टा बसेको बैठकमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा सहभागी थिए। स्वास्थ्य अवस्था प्रतिकूल भएका कारण न्यायाधीश नहकुल सुवेदी भने बैठकमा सहभागी नभएको बताइएको छ। 

 न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरासँग भेट्ने, उनका कुरा सुन्ने र राजीनामा माग्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ। 

स्रोतका अनुसार बैठकमा केही न्यायाधीशले केही सुधार नगर्ने भएकाले जबरालाई भेट्नुको अर्थ नभएको धारणा राखेका थिए। तर केहीले भने मुद्दाको फैसला गर्दा समेत आरोपित पक्षलाई आफ्नो धारणा राख्न दिइन्छ भने यति गम्भीर आरोपबारे जबराको पनि धारणा सुन्नुपर्ने मत राखेका थिए। बैठकपछि न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरासँग भेट्ने, उनका कुरा सुन्ने र राजीनामा माग्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ। 

प्रधानन्यायाधीश जबराले सोमबार आफूबाहेक उपस्थित १३ न्यायाधीशका लागि  ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए। तर सोमबार ती कुनै पनि इजलास बस्न सकेन।

प्रधानन्यायाधीश जबराले सोमबार हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिका विषयमा छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका थिए। 

प्रकाशित: Oct 25, 2021| 17:57 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।