सोमबार, वैशाख ८, २०८२

संविधान संशोधन कार्यदल चाँडै बनाउँछौं : गृहमन्त्री लेखक

 |  मंगलबार, पुस ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ९, २०८१

vianetvianet

काठमाडौं- गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्न कार्यदल चाँडै बनाइने बताएका छन्। संविधान संशोधन गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको उनले बताए। 

triton college

नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घको नवौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले सबै दलसँग सहमति जुटाएर समयसापेक्ष रुपमा संविधान संशोधन गरिने बताएका हुन्। संविधान संशोधन गर्नका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लाबेग्लै कार्यदल बनाउन लागेको उनले जानकारी दिए।

‘पहिला हामी छलफल गरेर विषयको पहिचान गर्छौँ। त्यसपछि  सबै राजनीतिक दलसँग चरणबद्धरुपमा वार्ता र संवाद गर्छौँ’, गृहमन्त्री लेखकले भने, ‘त्यसपछि विषयवस्तुमा सहमति गरेर संविधान संशोधन हुन्छ। यसका लागि केही समय लाग्छ।’

समावेशितालाई कमजोर बनाउन होइन बरु थप सुदृढ गरेर संविधान संशोधन गर्न लागिएको उनको भनाइ थियो। 

प्रकाशित: Dec 24, 2024| 16:24 मंगलबार, पुस ९, २०८१
प्रतिक्रिया दिनुहोस्