आइतबार, असोज १८, २०८३

अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलागौं : रवि लामिछाने

 |  आइतबार, असोज १८, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज १८, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार नढल्ने स्पष्ट गरेका छन्।

काँग्रेसको १५औं महाधिवेशनमा सम्बोधन गर्दै सभापति लामिछानेले अहिले सरकार ढल्छ भन्ने हल्ला चलाइएको भन्दै सरकार नढल्ने स्पष्ट गरेका हुन्। उनले लोकतन्त्रप्रति आफुहरु प्रतिबद्ध रहेको भन्दै अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलाग्न आग्रह गरेका थिए। लामिछानेले चुनावको विषयमा हल्का टिप्पणी गरेको भन्दै जनताको मतको अपमान नगर्न आग्रह गरे।

लामिछानेले काँग्रेसको बलियो र कमजोर दुवै पक्ष यसको इतिहास  भएको बताएका छन्। कांग्रेसले विगतमा पिछडिएको वर्गलाई नहेरेको, समानुपातिक सिट बेचेको आरोप लगाउदै त्यसो नगरेको भए आफु पनि काँग्रेस हुनसक्ने थिए भनेका थिए। सभापति लामिछानेले आफुहरु लोकतन्त्रका मुल्य र मान्यताको विरुद्ध डेक नचल्ने बताउदै लोकतन्त्रको रक्षा गर्न अग्रपंक्तिमा उभिने बताए।

प्रकाशित: Oct 04, 2026| 17:58 आइतबार, असोज १८, २०८३
प्रतिक्रिया दिनुहोस्