शुक्रबार, पुस ४, २०८२

बालकोट घटना: शनिबार राति कोठाबाट निस्किएका जेठो छोरा पक्राउ

 |  मंगलबार, पुस ९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ९, २०८१

काठमाडौं- भक्तपुरको बालकोटमा खोटाङका कुलप्रसाद आचार्य र उनका छोरा प्रविणको हत्या भएको घटनामा प्रहरीले कुलबहादुका जेठो छोरालाई पक्राउ गरेको छ। 

National life

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान मिलन आचार्यलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार मिलन शनिबार राति कोठाबाट बाहिर निस्किएको सीसीटीभी फुटेजमा देखिएको थियो। 

प्रारम्भिक अनुसन्धानका क्रममा उनले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद र उनका कान्छो छोरा २२ वर्षीय प्रविण सोमबार मृत फेला परेका थिए। घटना भने शनिबार राति भएको हो। छिमेकीले शनिबार साँझ तीनै जना बाबुछोरालाई सँगै खाना खाएको देखे पनि आइतबार दिनभरी र आज पनि कोठा खुलेको नदेखेपछि प्रहरीलाई खबर गरिएको जनाइएको छ। 

बालकोटस्थित एक घरमा मिलन र प्रविण दाजुभाइ कोठा भाडामा लिएर बस्दै आएका थिए। उनीहरूलाई भेट्न कुलप्रसाद केही दिनअघि खोटाङबाट आएका थिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 24, 2024| 13:04 मंगलबार, पुस ९, २०८१
प्रतिक्रिया दिनुहोस्