काठमाडौं- नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको छ।
बारको सोमबार बसेको आकस्मिक बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको हो।
यसको औपचारिक निर्णय र सार्वजनिक मंगलबार हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। मंगलबार सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्ने उनले बताएका छन्।
कार्यापालिकामा प्रधानन्यायाधीशले भाग मागेको भन्दै प्रधानन्यायाधीशको विरोध भइरहेको छ। तर, प्रधानन्यायाधीश राणाले भने आफूले कुनै भाग नमागेको दाबी गरिरहेका छन्।
यसअघि प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले बोलाएको फुल कोर्ट (सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक) बहिष्कार गरेका १४ जना न्यायाधीशले प्रन्या राणाको राजीनामा माग्ने निष्कर्ष निकालेका थिए। सोमबार बसेको १४ न्यायाधीशहरुको बैठकले राजीनामा माग्ने निर्णय गरेको हो।