काठमाडौं– काठमाडौंको सिनामंगलबाट अफगानी शरणार्थी पक्राउ परेका छन्। अफगानिस्तानबाट आएका ११ जना शरणार्थीलाई प्रहरीले नियन्त्रणमा लिएर कालिकास्थानस्थित अध्यागमन विभागमा लगेको छ।
उनीहरुलाई सिनामंगलस्थित एक होटलबाट सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी श्याम कुमार महतोले बताए। तालिबानले अफगानिस्तान कब्जा गरेपछि उनीहरु शरण खोज्दै नेपाल आएको बताइएको छ।
उनीहरु बिना अनुमति नेपाल आएको पुष्टि भए अध्यागमन कानुन अनुसार कारबाही हुनेछ।