बुधबार, पुस ३०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघद्वारा सुडानमा गैरकानुनी हिरासतमा राखिएका नेताहरुलाई रिहा गर्न आग्रह

राष्ट्रसंघद्वारा सुडानमा गैरकानुनी हिरासतमा राखिएका नेताहरुलाई रिहा गर्न आग्रह

संयुक्त राष्ट्रसंघले सुडानमा गैरकानुनी रुपमा हिरासतामा राखिएका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

बीबीसी

बीबीसी

सोमबार, कात्तिक ८, २०७८

खार्तुम- संयुक्त राष्ट्रसंघले सुडानमा गैरकानुनी रुपमा हिरासतामा राखिएका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको छ। सुडानको सेनाले सोमबार प्रधानमन्त्री अब्दाल्लाह हाम्दोकसहित अन्य नेताहरुलाई घरमै नजरबन्द गरिएका छन्। 

National life

सुडानका लागि राष्ट्रसंघीय प्रतिनिधि भोल्कर पेर्थ्सले भनेका छन्, 'सुडानमा भएको सैन्य कूको प्रयास भएकोप्रति गम्भीर ध्यानाकार्षण भएको छ। सुडानको राजनीतिक संक्रमणकाललाई अवमूल्यन गर्दै प्रधानमन्त्रीसहित सरकारी अधिकारीहरु र राजनीज्ञहरुलाई नियन्त्रणमा लिने कार्य स्वीकार हुन सक्दैन।' 

उनले प्रजातन्त्र पुनर्स्थापना र  संवैधानिक नियमलाई पालना गर्नका लागि सबै पक्षलाई वार्ताका माध्यमबाट समाधान खोज्‍न आग्रह गरेका छन्। 

उक्त कदमको पछाडि को रहेको छ भन्‍ने नखुलेकोसमेत जनाइएको छ। 

ईयूद्वारा पनि सुडानको संक्रमणकाल सही बाटोमा फर्काउन आग्रह 

Laxmi sunrise bank
kumari

युरोपियन युनियनले पनि सुडानको संक्रमणकाललाई सही बाटोमा फर्काउनका लागि आग्रह गरेको छ। ईयूका विदेश मामिला प्रमुख जोसेफ बोरेलले ट्विट गर्दै सुडानको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएकोसमेत बताएका छन्। 

उनले भनेका छन्, 'सुडानको संक्रमणकालीन प्रक्रियालाई सही बाटोमा फर्काउनका लागि सरोकारवाल र क्षेत्रीय साझेदारहरुलाई ईयू आग्रह गर्दछ।'

१२ जना घाइते

सुडानको राजधानी खार्तुममा भएको झडपमा परी १२ जना घाइते भएका छन्। सुडान कूविरुद्ध भएको आन्दोलनलाई दबाउनका लागि सुडान सेनाले बल प्रयोग गर्दा दुबै पक्षबीच झडप भएको हो। 

सुडानको चिकित्सकिय समितिका अनुसार नेताहरुको रिहाइको माग गर्दै भएको आन्दोलनमा १२ जना आन्दोलनकारीहरु घाइते भएका हुन्। 

सुडानको सूचना मन्त्रालयका अनुसार रक्षा मन्त्रालयअगाडि सेनाले गोली चलाएकोसमेत बताइएको छ। 

प्रकाशित: Oct 25, 2021| 16:07 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।