बुधबार, पुस ३०, २०८२

एम्‍नेस्टी इन्टरनेशनलले हङकङस्थित कार्यालय बन्द गर्ने

चीन सरकारले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेसँगै एम्‍नेस्टीलाई आफ्नो कार्यहरु गर्न असम्भव भएकोले हङकङस्थित कार्यालय बन्द गर्नुपरेको बताएको छ।
 |  सोमबार, कात्तिक ८, २०७८

बीबीसी

बीबीसी

सोमबार, कात्तिक ८, २०७८

हङकङ- एम्‍नेस्टी इन्टरनेशनलले हङकङस्थित कार्यालय बन्द गर्ने भएको छ। चीन सरकारले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेसँगै एम्‍नेस्टीलाई आफ्नो कार्यहरु गर्न असम्भव भएकोले हङकङस्थित कार्यालय बन्द गर्नुपरेको बताएको छ। 

National life

हङकङमा एम्‍नेस्टीको कार्यालय विगत ४० वर्षदेखि रहेको थियो। पछिल्लो समय हङकङमा एम्‍नेस्टीले हङकङ सहर र अर्को यो क्षेत्र पूरा हेर्ने गरी दुईवटा कार्यालय सञ्‍चालनमा थिए। 

स्थानीय कार्यालय ३१ अक्टोबरदेखि बन्द हुने भएको छ भने क्षेत्रीय कार्यालय यही वर्षको अन्त्यदेखि बन्द गर्ने बताएको हो। 

चीनले हङकङमा सन् २०१९ मा भएका प्रजातन्त्र र स्वतन्त्रतासम्बन्धी आन्दोलनहरुलाई दबाउनका लागि सन् २०२० को जुलाईमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेको थियो। 

उक्त कानुनमा अलगाव, विखण्डन, आतंकवाद र विदेशी शक्तिसँग मिलिभगत गरेमा कारबाही गर्ने प्रावधान राखिएको छ। मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको एम्‍नेस्टीले यो निर्णय निकै कठोर हृदयका साथ लिनुपरेको बताएका हो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 25, 2021| 15:49 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।