बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने १४ न्यायाधीशको निर्णय

प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने १४ न्यायाधीशको निर्णय

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले बोलाएको फुल कोर्ट (सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक) बहिष्कार गरेका १४ जना न्यायाधीशले प्रन्या राणाको राजीनामा माग्ने निष्कर्ष निकालेका छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं– प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले बोलाएको फुल कोर्ट (सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक) बहिष्कार गरेका १४ जना न्यायाधीशले प्रन्या राणाको राजीनामा माग्ने निष्कर्ष निकालेका छन्। आज (सोमबार) बसेको १४ न्यायाधीशहरुको बैठकले राजीनामा माग्ने निर्णय गरेको हो।

न्यायाधीशहरुले भोलि मंगलबार बिहान प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका छन्। प्रन्याको बैठक बहिष्कार गरेर न्यायाधीशहरूले छुट्टै छलफल गरेका थिए। करिब साढे दुई घण्टा बसेको बैठकमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, डा. विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्मा सहभागी थिए। स्वास्थ्य अवस्था प्रतिकूल भएका कारण न्यायाधीश नहकुल सुवेदी भने बैठकमा सहभागी नभएको बताइएको छ। 

स्रोतका अनुसार बैठकमा केही न्यायाधीशले केही सुधार नगर्ने भएकाले जबरालाई भेट्नुको अर्थ नभएको धारणा राखेका थिए। तर केहीले भने मुद्दाको फैसला गर्दा समेत आरोपित पक्षलाई आफ्नो धारणा राख्न दिइन्छ भने यति गम्भीर आरोपबारे जबराको पनि धारणा सुन्नुपर्ने मत राखेका थिए। बैठकपछि न्यायाधीशहरु भोलि प्रधानन्यायाधीश जबरासँग भेट्ने, उनका कुरा सुन्ने र राजीनामा माग्ने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ। 

प्रधानन्यायाधीश जबराले सोमबार आफूबाहेक उपस्थित १३ न्यायाधीशका लागि  ६ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए। तर सोमबार ती कुनै पनि इजलास बस्न सकेन।

प्रधानन्यायाधीश जबराले सोमबार हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन र वरिष्ठ अधिवक्ता उपाधिका विषयमा छलफल गर्न सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका थिए। 

प्रकाशित: Oct 25, 2021| 15:25 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।